साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश आइपुगेको छ ।
माल्दिभ्समा भएको खेलमा उपविजेता बनेको नेपाली टोली सोमबार काठमाण्डौ आइपुगेको हो । नेपाली टोलीलाई खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले स्वागत गरेका छन् ।
उनले साफमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा गरे । साथै आफ्नो मन्त्रालय र सरकारको तर्फबाट गर्ने सहयोगका लागि कुनै कसर बाँकी नराख्ने बताए ।
नेपाल फाइनल खेलमा भारतसँग ३–० ले पराजित भएसँगै नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो । खेलाडी नेपाल आएपनि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने नेपाल फर्किएका छैनन ।