Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

साफ च्याम्पियनसिपको उपविजेता नेपाल, भारतसँग ३–० गोलले पराजित


  • लुम्बिनी चिन्तन
  • आश्विन ३१, २०७८ आइतवार
  • 432
    SHARES

साफ च्याम्पियनसिपको उपविजेता नेपाल, भारतसँग ३–० गोलले पराजित

पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको नेपाल उपविजेता भएको छ । नेपाललाई ३-० गोल अन्तरले हराएको भारतले साफ च्याम्पियनसिप फुटबलको १३ औँ संस्करणको उपाधि भारतले जितेको छ । माल्दिभ्सको राष्ट्रिय रङ्गशालामा शनिबार राति भएको खेलमा नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित भएको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरी रहेको थियो । भारतले पहिलो हाफलगत्तै दुई मिनेटको अन्तरमा दुई गोल गरेको थियो भने खेलको अन्तिम विन्दुमा पुग्दा अर्को गोल गरेर तीन गोलको अग्रता लियो । खेलको ४८औँ मिनेटमा भारतीय टोलीकाकप्तान सुनिल क्षेत्री र ५०औँ मिनेटमा सुरेश सिंहले गोल गरे भने ८९ मिनेटमा सहाद अब्दुलले गोल गरे ।

यसअघि साफको फाइनलमा पुग्न नसकेको नेपालले यसपटकको साफमा फाइनल पुगेर इतिहास बनाएको थियो । तर उपाधि जितेर अर्को इतिहास बनाउन भने नेपाल चुकेको हो । सन् २०१३ मा नेपालमा भएको साफमा नेपालले भारतलाई २–१ ले पराजित गरेको थियो । त्यसयता भारतविरुद्ध खेलेका ९ मध्ये नेपाल ७ खेलमा पराजित भएको छ भने २ खेल बराबरीमा सकिएका छन् ।


लुम्बिनी चिन्तन

थप समाचार