Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

आईपीएल क्रिकेटको उपाधि चेन्नईलाई, कोलकाता २७ रनले पराजित


  • लुम्बिनी चिन्तन
  • आश्विन ३०, २०७८ शनिवार
  • 1.2K
    SHARES

आईपीएल क्रिकेटको उपाधि चेन्नईलाई, कोलकाता २७ रनले पराजित

चेन्नई सुपर किङ्ग्सले इण्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटको उपाधि जितेको छ। 

यूएईमा गएराति भएको खेलमा कोलकाता नाइटराइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नईले उपाधि जितेको हो । 

चेन्नईले दिएको १ सय ९३ रनको लक्ष्यसहित ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर मात्र १ सय ६५ रन बनाउन सक्यो ।  

कोलकाताका लागि शुबमन गिलले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले । यस्तै भेन्कातेस एयरले ५०,  शिवम माभीले २० र लक्की फर्गुसनले १८ रन जोडे । चेन्‍नईका सार्दुल ठाकुरले ३ तथा रविन्द्र जडेजा र जोश हाजलउडले दुईरदुई विकेट लिए  ।

यस्तै, दीपक चाहर र ड्वाने ब्राभोले एकरएक विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो । चेन्नईका फाप डुु प्लेसिसले ८६ रनको अर्धशतकीय पारी खेले भने मोइन अलीले ३७,  रुतुराज गायकवाडले ३२ र रोबिन उथप्पाले ३१ रन जोडे । कोलकाताका सुनिल नापरनले २ तथा शिवम माभीले एक विकेट लिए ।


लुम्बिनी चिन्तन

थप समाचार