Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

नियन्त्रणमा आउँदै कपिलवस्तुको झाडापखाला


  • लुम्बिनी चिन्तन
  • आश्विन २६, २०७८ मंगलवार
  • 530
    SHARES

नियन्त्रणमा आउँदै कपिलवस्तुको झाडापखाला

 कपिलवस्तु । कपिलवस्तुको  कृष्णनगरमा फैलिएको झाडापखाला नियन्त्रणमा आउन थालेको छ ।

गएको १८ गतेदेखि बिहान सात बजेसम्म ७ सय ५८ जना बिरामी कृष्णनगरको शिवराज अस्पतालमा उपचारका लागि आएकामा अहिलेसम्म ७ सय ३ जना निको भएर घर फर्किएका छन्। बाँकीको उपचार चलिरहेको शिवराज अस्पतालका डा। मुकेश चौधरीले जानकारी दिनुभयो ।

अरु विभिन्न अस्पतालहरुमा पनि बिरामीहरुको उपचार चलिरहेको छ । कृष्णनगर नगरपालिकाको ७, ८ र ९ मा फैलिएको झाडापखाला तथा बान्ताका कारण अझै पत्ता नलागेपछि पानीको परीक्षणका क्रममा दिसामा पाइने जीवाणु भेटिएको छ । अहिले टोलटोलमा जनचेतनाको कार्यक्रमहरु भइरहेका छन् ।

नगरपालिका र स्वास्थ्यकर्मीको टोलीले खाना बनाउनु वा खानु अघि साबुन पानीले हात धुन, राम्ररी पाकेको खाना मात्र खान, बासी वा सडेगलेका खानेकुरा नखान, पानी उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र पिउनु अनुरोध गर्दै आएका छन् ।

कपिलवस्तुको कृष्णनगर नगरपालिकाको झाडापखाला प्रभावित क्षेत्रको पानीमा इकोली नामक किटाणु फेला परेको पाइएको छ । सरकारले भने यसअगाडि नै झाडापखाला नियन्त्रणमा आइसकेको जनाएको थियो । 


लुम्बिनी चिन्तन

थप समाचार