Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

मदिरा व्यवसायी संघ भैरहवाको नवनिर्वाचित कार्यसमितिको पदस्थापना

राज्यको दृष्टिकोण सकारात्मक हुनु पर्ने जिकिर


  • लुम्बिनी चिन्तन
  • आश्विन २५, २०७८ सोमवार
  • 864
    SHARES

मदिरा व्यवसायी संघ भैरहवाको नवनिर्वाचित कार्यसमितिको पदस्थापना

भैरहवा । मदिरा व्यवसाय प्रति राज्यले हेर्ने दृष्टिकोण नाकारात्मक रहेको नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष मृगेन्द्र गोविन्द श्रेष्ठले बताएका छन । राज्यले मदिराबाट नै राज्यको कोषमा २० प्रतिशत बढि योग्दान गरेपनि राज्यले हेर्ने दृष्टिकोणमा कुनै परिवर्तन नभएको उनले बताए । 

मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीको प्रथम अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पदस्थापना कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले राज्यलाई अत्याधिक कर तिर्ने मदिरा व्यवसायीलाई सरकारले हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने जिकिर गरे । 

विशिष्ट अतिथि पूर्व केन्द्रीय उपाध्यक्ष खिम बहादुर खत्री, लुम्बिनी प्रदेश अध्यक्ष गिरीराज पौडेल, अतिथि नेपाल औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशका सल्लाहकार डा. ऋषिराम शर्मा, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ, मदिरा व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष सन्देश कक्षपति, उद्योग व्यापार संगठन, रुपन्देही (प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्श) का अध्यक्ष अनिल कुमार ज्ञवाली, सल्लाहकार सुरेन्द्र बस्याल, निर्वाचन समिति संयोजक चिरिञ्जीवि राउत लगायतले बोल्दै मदिरालाई निषेध नभई नियन्त्रण गर्नुपर्ने, बिकृती निम्याएकोले घरेलु मदिरा पुर्णरुपमा प्रतिबन्ध लगाउन र मदिरा व्यवसायलाई थप व्यवस्थित र सामाजिक बनाउदै लैजानु पर्ने बताए ।

गत असोज २ गते भैरहवामा सम्पन्न संघको अधिवेशनले केशवराज ज्ञवालीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको थियो । संघको वरिष्ठ उपाध्यक्षमा बाबुराम पाण्डे, उपाध्यक्षमा भागीरथ पाण्डे, महासचिवमा केशव कुंवर, सचिवमा केशव राज अर्याल, कोषाध्यक्षमा यादव पोखरेल र सह–कोषाध्यक्षमा बालकृष्ण आचार्य निर्वाचित भएका थिए । त्यस्तै सदस्यमा सुन्दर भण्डारी, सन्तोष शर्मा, राजु खड्का, विनोद आचार्य, बसन्त पाण्डे, राम प्रसाद गिरी, नारायण नेपाल, तेज बहादुर खत्री र भीम बहादुर सारु निर्वाचित भएका थिए ।

पदस्थापना कार्यक्रममा बोल्दै संघका नवनिर्वाचित अध्यक्ष केशवराज ज्ञवालीले मदिरा व्यवसायीको हकहितमा काम गर्ने उद्देश्यले संस्था स्थापना गरिएको बताए । उनले नेपाल मदिरा व्यवसायी महासंघको सदस्यताको लागि प्रक्रिया अगाडी बढिसकेको बताए । 

संघका अध्यक्ष केशवराज ज्ञवालीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष बाबुराम पाण्डेको स्वागत तथा महासचिव केशव कुंवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा संघका मनोनित सदस्य नारायण न्यौपाने, रमेश धवल र विक्रम जैसवाललाई सपथ ग्रहण गराइएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार