Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

मोतीपुर झडपमा चार जनाको मृत्यु , दुई दर्जन बढि घाइते (भिडियाे सहित)

दिउँसो ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू जारी


  • लुम्बिनी चिन्तन
  • आश्विन २४, २०७८ आइतवार
  • 496
    SHARES

मोतीपुर  झडपमा चार जनाको मृत्यु , दुई दर्जन बढि घाइते  (भिडियाे सहित)

भैरहवा । रूपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा चार जनाको मृत्यु भएको छ। भैरहवा मेडिकल कलेजमा उपचारका लागि अाएका मध्ये ४जनाको मृत्यु भएकाे अस्पतालले जानकारी दिएकाे छ।  आइतबार बिहानदेखि बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा ओगट्न उपस्थित भएका स्थानीय र प्रहरीबीच  झडप भएकाे हाे । जग्गा कब्जा गरी बसेका र प्रहरीहरुबीचको झडपमा दर्जन बढि घाइते छन ।

झडपमा परि कपिलबस्तु जिल्ला बाणगंगा १० निवासी ४८ बषिय रमेश परियारकाे मृत्यु भएको छ ।  मृतकको साथमा श्रीमती रहेकाले उनको परिचय खुलेको अस्पतालले जनाएको छ । अन्य तिन जना अस्पताल ल्याउदै मृत्यु भएकाले शब गृहमा राखिएको मेडिकल कलेज रानी गांउ भैरहवामा जनसम्पर्क अधिकृत शुशिल गुरुङले बताए । उनिहरुको आपन्त कोही आईनपुगेकाले सनाखत हुन नसकेको अस्पतालले जनाएको छ । अस्पतालमा घाईते गुल्मी ४ रैतौलीका बर्ष ३३ का जंग बहादुर परियार , हुमिन ४ पाल्पा बर्ष ३५ का गंभिर सिंह डिसा , तानसेन १० पाल्पाका बर्ष ३८ का प्रेम बिक , नवलपरासी प्रतापपुर ठुलो खरेताका बर्ष २२ का सरबेश केवटको उपचार भैरहेको छ । 

उक्त क्षेत्रमा तनावको स्थिति भएपछि घटना पश्चात् जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सो क्षेत्रमा कर्फ्यू जारी गरेको छ । घाइते सर्वसाधारणले आज जग्गा वितरण गरिने भन्ने सुनेर आएको बताएका छन्। स्थिति नियन्त्रणभन्दा बाहिर जानसक्ने जोखिम बढेको भन्दै स्थानीय प्रशासनले आइतबार दिउँसो ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले एक सूचना जारी गरी बुटवल उप–महानगरपालिका बडा १७ र १८ मा निर्माणाधिन मोतिपुर औद्योगिक करिडोर क्षेत्रको जग्गा अतिक्रमण बस्ती बसाल्ने योजना बनाएकोमा विगत केही दिनदेखी सुरक्षा व्यवस्था मजबुत बनाई आएकोमा नियन्त्रण भन्दा बाहीर जाने साथै सर्वसाधारणको शान्ती सुरक्षाको लागि कर्फ्यू लगाएको बताए

प्रशासनले पूर्व तिनाउ नदी बुटवल उप. म.न.पा. वडा नं. १७ निगरदेखि वडा नं. १८ सौरहिया पुल सम्म, पश्चिम हरिहरपुरको खोतियोग्य जमिन (बुटवल उपमहानगरपालिका वडा नं. १७) उत्तर –शिवनगरबस्ति बुटवल उपमहानगरपालिका वडा नं. १७ सम्म, दक्षिण बुटवल उपमहानगरपालिका वडा नं. १८ औद्योगिक करिडोरको अमिन (धन्दापुर मौरहिया सम्म) कर्फ्यू लगाएको छ ।

प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि गोली चलाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए।  प्रशासनले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन झडप भएको हो।


लुम्बिनी चिन्तन

थप समाचार