Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

यथाशिघ्र विमानस्थल निर्माणसम्पन्न गर्न भिजिट मधेशको माग


  • लुम्बिनी चिन्तन
  • आश्विन २२, २०७८ शुक्रवार
  • 628
    SHARES

यथाशिघ्र विमानस्थल निर्माणसम्पन्न गर्न भिजिट मधेशको माग

भैरहवा । भिजिट मधेश, नेपाल जिल्ला कार्यसमिति, रुपन्देहीले भैरहवास्थित निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यथाशिघ्र निर्माणसम्पन्न गर्न माग गरेको छ ।

विमानस्थल निर्माण कार्यमा ढिलाइ भएको भन्दै भिजिट मधेशले रोहिणी गाउँपालिका–३ स्थित बैकुण्ठपुरमा विरोध कार्यक्रम गरेको हो । यथाशिघ्र हवाई मार्ग सुचारु गर्न र मजदूरको ज्यालावापतको बाँकी रकम उपलब्ध गराउन माग राख्दै विरोध कार्यक्रम गरिएको भिजिट मधेशका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला संयोजक महेन्द्र गुप्ता प्रशान्तले बताए ।

तराई–मधेशको पर्यटन प्रबद्र्धनका लागि भिजिट मधेश गठन गरेर विभिन्न कार्यक्रमहरु अगाडी बढाइएको उनले बताए । 


लुम्बिनी चिन्तन

थप समाचार