Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

नेपाल क्रिकेट संघको सचिवमा मल्ल


  • लुम्बिनी चिन्तन
  • आश्विन २२, २०७८ शुक्रवार
  • 1.6K
    SHARES

नेपाल क्रिकेट संघको सचिवमा मल्ल

भैरहवा । नेपाल क्रिकेट संघ (क्यान) को कार्यबाहक सचिव प्रशान्तबिक्रम मल्ल नियुक्त भएका छन  ।

बुधबार र बिहीबार काठमाडौंमा बसेको क्यानको केन्द्रीय कार्यसमितिको बैठकले संघको केन्द्रीय सदस्य मल्ललाई सचिवको जिम्मेवारी दिएको हो । 

क्यानका उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले असोज १३ गते पदबाट राजीनामा दिएका थिए । संघको बैठकले द्वय श्रेष्ठ र प्याकुरेलको राजीनामा स्वीकृत गर्दै रिक्त सचिव पदमा मल्ललाई जिम्मेवारी दिने निर्णय गरेको अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । मल्ल रूपन्देही क्रिकेट संघका अध्यक्ष हुन । 

बैठकले क्यानको आगामी वार्षिक साधारणसभा डिसेम्बरको १५ तारेखमा गर्ने निर्णय पनि गरेको छ । संघको बैठकले कर्णालीको कालीकोट, सल्यान, दैलेख र रुकुम पश्चिम जिल्ला क्रिकेट संघलाई मान्यता दिएको छ । 


लुम्बिनी चिन्तन

थप समाचार