लुम्बिनी प्रदेश सरकारले ४० अर्व ९५ करोड ९७ लाख रुपैयाँको नयाँ बजेट प्रस्तुत गरेको छ। सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयक मार्फत नयाँ बजेट घोषणा गरेका छन ।
कूल बजेटमध्ये चालुखर्च तर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रुपैयाँ र पूजीगत खर्चतर्फ २२ अर्ब ४७ करोड १५ लाख रुपैयाँ रहेको छ। प्रतिशतका आधारमा कुल बजेटको ३३।३१ प्रतिशत चालु खर्चतर्फ र ५४।८७ प्रतिशत पूजीगत खर्चतर्फ हुन आउँछ।
त्यसबाहेक ११।८२ प्रतिशत अर्थात् ४ अर्ब ८४ करोड २३ लाख रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि विनियोजन गरिएको छ। मन्त्री खड्काले स्वास्थ्य क्षेत्रमा कस्ता कार्यक्रम ल्याएका छन ।
१। कोभिड–१९ रोकथाम, नियन्त्रण, निदान तथा उपचारको लागि आवश्यक पर्ने औजार उपकरण, औषधी र अन्य आवश्यक स्वास्थ्य सामग्रीको खरिदको लागि प्रदेश कोभिड कोष मार्फत खर्च गर्ने गरी आवश्यक बजेटको व्यवस्था मिलाएको छु ।
२। १८ वर्ष मुनिका बालबालिकाहरूको लागि कोभिड–१९ विरूद्व खोप खरिद तथा खोप अभियान सञ्चालनको लागि संघीय सरकारसँग समन्वय गरिनेछ। यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु।
३। प्रदेश सभाबाट निर्णय भएबमोजिम राजधानी व्यवस्थापन सम्बन्धी कार्य संघीय सरकार तथा स्थानीय तहसँग सम्वन्य गरी राष्ट्रको गौरव र प्रदेशको पहिचान झल्किने गरी निर्माण गर्ने कार्यलाई चालु आर्थिक वर्षमा तिव्रताका साथ अगाडी बढाउने व्यवस्था मिलाएको छु।
४। दुर्गम तथा पहुँचभन्दा टाढा रहेका स्थानहरूमा घर दैलोमा डाक्टर कार्यक्रम सञ्चालनको लागि बजेट विनियोजन गरेको छु।
५। प्रदेशका सबै सरकारी स्वास्थ्य संस्थाहरूबाट रक्तसञ्चार सेवा निःशुल्क रूपमा प्रदान गर्न रू। ५ करोड विनियोजन गरिएको छ । प्रदेशवासीहरूलाई मृगौला प्रत्यारोपण, मुटुको भल्भ फेर्ने र क्यान्सर रोगको उपचारको लागि विपन्न नागरिक औषधि उपचार निर्देशिकाले व्यवस्था गरेको सुविधाको अतिरिक्त प्रदेश सरकारको तर्फबाट थप रू। २ लाख सम्म उपचार सहुलियतको लागि आवश्यक बजेट व्यवस्था गरेको छु।
६। प्रदेश भित्र उपयुक्त स्थानमा ज्येष्ठ नागरिक अस्पताल र महिला तथा बाल अस्पताल स्थापना गर्न सम्भाव्यता अध्ययनको लागि बजेट व्यवस्था गरेको छु ।
७। बढ्दो मुटु रोगको उपचारलाई सर्वसुलभ बनाई यस क्षेत्रका मुटु रोगका बिरामीहरूको उपचार गर्न लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा क्याथ ल्याब सेवा विस्तारको लागि रू। १० करोड विनियोजन गरेको छु ।
८। प्रदेशमा हालसम्म एम।आर।आई। सेवा सञ्चालन नहुँदा सबै विरामी अन्यत्र धाउनुपर्ने अवस्था रहेको छ । सो समस्या समाधानका लागि मेशिन खरिद एवं सेवा विस्तारको लागि रू। १३ करोड बजेट विनियोजन गरेको छु ।
९। ज्येष्ठ नागरिकहरूलाई घर–घरमै स्वास्थ्य सेवा प्रदान गर्न स्थानीय सरकार सँगको सहकार्यमा ज्येष्ठ नागरिकसँग स्वास्थ्यकर्मी” कार्यक्रम सञ्चालनको लागि आवश्यक बजेट विनियोजन गरेको छु आर्थिक मामिला मन्त्री कृष्ण ध्वज खडकाले सार्वजानीक गरेका छन ।