Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सामाजिक क्षेत्रमा टुगा आस्थाको विविध कार्यक्रम 


  • लुम्बिनी चिन्तन
  • फाल्गुण १४, २०७७ शुक्रवार
  • 1.6K
    SHARES

सामाजिक क्षेत्रमा टुगा आस्थाको विविध कार्यक्रम 

भैरहवा । टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लि. कटैयाले सामाजिक क्षेत्रमा एकै साथ ३ वटा कार्यक्रम सम्पन्न गरेको छ । सहकारीको वार्षिक कार्ययोजना अन्तर्गत रक्तदान, निशुल्क खुला आँखा शिविर र ज्येष्ठ नागरिक सेयर सदस्यलाइ पेन्सन वितरण कार्यक्रम सम्पन्र गरेको हो ।

153777129_2174354119365046_5141429142488826357_n.jpg
संस्थाका अध्यक्ष डी.बि.थापाको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रमको प्रमुख आतिथ्यता तिलोत्तमा नगरपालिका वडा न. १५ वडाध्यक्ष खेमराज गुरुङले, खुला आँखा शिविर र ज्येष्ठ नागरिक सेयर सदस्यलाइ पेन्सन वितरण कार्यक्रम लुम्बिनी प्रदेश सभा सभासद माननीय पुरमति ढेंगाको प्रमुख आतिथ्यतामा भएको थियो । रक्तदान कार्यक्रमबाट ५० जना रक्तदाताले रक्तदान गरेका थिए । त्यस्तै संस्थाका ४६ जना ज्येष्ठ नागरिक सदस्यलाइ सम्मान पेन्सन वितरण गरिएको थियो । 
निशुल्क आँखा शिविर कार्यक्रममा ३५० जनाले सेवा लिएकोमा ३०५ जनालाइ आँखा जाँच सहित निशुल्क औषधि सस्थाले उपलब्ध गराएको सस्थामा मुख्य प्रबन्धक लक्षमण थापाले जानकारी दिए । आखा शिविरबाट ४३ जना व्यक्तिको आँखाको शल्यक्रिया गर्नु पर्ने देखिएकोले  निशुल्क आँखा अप्रेसनको लागि बुटवल लायन्स आँखा अस्पताललाइ सिफारिस गरिएको सस्थाले जानकारी दिएको  ।

155244433_2501078246863420_5244844352568872937_n.jpg
प्रमुख अतिथि माननीय ढेंगाले सहकारीले रुपिया पैसाको मात्र काम नगरेर जनतालाइ प्रत्यक्ष लाभ हुने कार्य गरेको देख्दा धेरै खुसि लागेको  बताए । आर्थिक भन्दा पनि सामाजिक क्षेत्रमा टुगा आस्थाले गरेको उदाहरणीय कार्य अन्य संघसंस्थाले पनि अवलम्बन गर्दै लैजानु पर्ने बताए । अर्का प्रमुख अतिथि गुरुङले टुगा आस्था सहकारीले बिभिन्न मानबिय र सामाजिक कार्य निरन्तर रुपमा गर्दै आएको मैले नजिकैबाट अवलोकन गर्दै आइरहेको छु र आगामी दिनहरुमा पनि निरन्तरता दिनु पर्ने बताए । सस्थाका सचिव जित बहादुर रासकोटी र मुख्य प्रवन्धक लक्ष्मण कुमार थापाको संचालनमा सम्पन्न कार्यक्रममा गौतमबुद्ध मुटु अस्पतालका डा. शंकर श्रेष्ठ, बुटवल लायन्स आँखा अस्पतालका नेत्र अधिकृत मनोहरि न्योपाने लगायतले बोलेका थिए ।

154544652_1123386554751869_6284541833773242734_n.jpg



लुम्बिनी चिन्तन

थप समाचार