Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

४० अर्ब ९५ करोडको नयाँ बजेट लुम्बिनी सरकारले ल्यायो


  • लुम्बिनी चिन्तन
  • आश्विन २०, २०७८ बुधवार
  • 1.6K
    SHARES

४० अर्ब ९५ करोडको नयाँ बजेट लुम्बिनी सरकारले ल्यायो

बुटवल। लुम्बिनी प्रदेश सरकारले ४० अर्व ९५ करोड ९७ लाख रुपैयाँको नयाँ बजेट प्रस्तुत गरेको छ। सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयकमार्फत् उक्त संख्याको नयाँ बजेट घोषणा गरेका हुन्। 

कूल बजेटमध्ये चालुखर्च तर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रुपैयाँ र पूजीगत खर्चतर्फ २२ अर्ब ४७ करोड १५ लाख रुपैयाँ रहेको छ। प्रतिशतका आधारमा कुल बजेटको ३३।३१ प्रतिशत चालु खर्चतर्फ र ५४।८७ प्रतिशत पूजीगत खर्चतर्फ हुन आउँछ। त्यसबाहेक ११।८२ प्रतिशत अर्थात् ४ अर्ब ८४ करोड २३ लाख रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि विनियोजन गरिएको छ। 

त्यस्तै स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख रकम छ। सरकारले अघिल्लो सरकारले सुरुदेखि नै अघि सारेर लोकप्रिय बनेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम हटाएको छ। त्यसको स्थानमा ‘मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम’ ल्याइएको छ। त्यस्तै सरकारले प्रदेशका मुटु रोगीको उपचारमा सहयोग पुर्‍याउन र मुटुरोग सेवालाई प्रभावकारी बनाउन प्रदेशस्तरको क्याथ ल्याब निर्माण गर्ने भएको छ। त्यसका लागि १० करोड रकम विनियोजन गरिएको मन्त्री खड्काले बताए। माओवादी रोजेकी दाङकी बिमला खत्री वली र सरकारमा सहभागी भएका स्वतन्त्र प्रदेशसभा सदस्य अजय शाहीलाई कारबाही माग गर्दै एमालेले भदौ १ गतेदेखि लगातार प्रदेशसभा बैठक अवरोध गर्दै आएको छ। सरकारले जबरजस्ती बजेट ल्याउन थालेपछि त्यसको विरोधमा प्रमुख प्रतिपक्ष दल एमालेले बैठक बहिष्कार गरेको हो। 


लुम्बिनी चिन्तन

थप समाचार