Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

भारतिय केरा आयात रोक्न सिमा र भन्सारमा पुगे कृषक


  • लुम्बिनी चिन्तन
  • आश्विन १९, २०७८ मंगलवार
  • 548
    SHARES

भारतिय केरा आयात रोक्न सिमा र भन्सारमा पुगे कृषक

भैरहवा । सिमानाका बेलहियामा केरा व्यवसायीहरुले विरोध जनाएका छन । भारतिय केरा आयातबाट नेपाली किसान मारमा परेको भन्दै मंगलबार बेलहिया नाका र भैरहवा भन्सार कार्यालय अगाडि व्यवसायीले धर्ना बसेर विरोध जनाएका हु्न । भारतीय केरा आयातमा रोक लगाउनु पर्ने, आयत भएको केराको नियमपूर्वक ढंगले विषाधी परिक्षण गर्नु पर्ने लगायतका माग नवलपरासी केरा उत्पादक संघले राखेका छन । 

भारतबाट आयतित केरा नेपालको तुलनामा सस्तो भएपनि गुणस्तरीय नभएकोले सरकारले केरा आयातमा रोक लगाउनु पर्ने उनीहरुको माग छ । नवलपरासीको प्रतापपुर र सुस्ता क्षेत्रमा करिब १५ सय कृषकले उखु खेतीलाई केरा खेतिमा प्रतिस्थापन गरेपनि सरकारले बजारीकरण गरेको छैन । वर्षौ देखि उखु खेतिको पैसा नपाएर सयौ किसान केरा खेति तर्फ मोडिएका थिए ।

नेपाली केरा किसान भारतीय आयातित केराका कारण विस्थापित हुने अवस्थामा पुग्दासमेत सम्बन्धित निकायले ध्यान दिन नसकेको आन्दोलनमा उत्रिनु परेको संघका अध्यक्ष लख्खु प्रसाद यादवले बताउनु भयो । नवलपरासीमा केरा खेतिको लागि विउमा ५० प्रतिशत अनुदान दिने, केराको पकेट क्षेत्र तोकेर उत्पादनलाई प्रोत्साहन गरेपनि बजारीकरण सरोकारवाला निकायले कुनै चासो नदिएकोले तयार केरा खेतमै कुहिएको उपाध्यक्ष सुदामा कोइरीले बताउनु भयो । 

collage (2).jpg

भारत र नेपालको केराको मुल्य करिब बराबर छ । भारतमा सरकारले किसानलाई मल, विउ, विषधी सबैमा अनुदान दिएकोले नेृपालको तुलनामा लागत कम छ, हामीले घाटा खाएर भएपनि २८ रुपैया दर्जन केरा नबिकेको अवस्था छ कृषक नन्दलाल गुप्ताले भन्नु भयो । bनेपालको चेक पोस्टमा भारतीय केराको विषादी कडाइका साथ जाँच गर्न, आयात हुने केराको भन्सारदर वृद्धि गरी अंकुश लगाउनका साथै नेपाली केराको उत्पादन वृद्धि र बजार व्यवस्थापन गर्न पनि संघले भैरहवा भन्सार कार्यालयलाई ध्यानाकर्षण गराएका छन । 

भन्सार, प्लाण्ट क्वारेन्टाईन र बिषादी चेकजाँच गर्ने कर्मचारीहरुो मिलेमतोमा भारतबाट निर्वाध रुपमा केरा भित्रिरहेको नेपाली कृषकहरुको गुनासो रहेको छ । भन्सार वार्डमा आउनु भन्दा पहिला नै भारतीय केराको बिषादी चेकजाँच, क्वारेन्टाईन र जाँचपासका लगायतका प्रक्रिया कर्मचारीहरुले आर्थिक प्रलोभनमा परेर गर्ने गरेको उनिहरुको आरोप रहेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत त्यस क्षेत्रलाई केरा सुपरजोनको रुपमा बिकसित गरेको छ । तर बजारीकरणको उपयुक्त ब्यवस्था नहुदा कृषकका केरा बारीमा नै कुहिरहेको छ ।  करिब सय जनाको हाराहारीमा आएका नवलपरासीका कृषकहरुले भैरहवा भन्सार कार्यालय धर्ना बसेका थिए । उनीहरले सिमामै केही समय विरोध जनाउन खोज्दा प्रहरीले बल प्रयोग गरेको थियो । रुपन्देहीको पश्चिमी क्षेत्र, नवलपरासी लगायतको क्षेत्रमा सयौ कृषकले व्यवसायिक रुपमा केरा खेती गर्दे आएका छन । केराको बढि माग हुने समय अहिले रहेपनि भारतिय केरा आयतले बारीमा तयार केराले बजार पाउन नसकेपछि कृषक चिन्तित छन । 


लुम्बिनी चिन्तन

थप समाचार