Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

नेपाल तेक्वान्दो संघको चौथो महाधिवेशनबाट पुनः राणा निर्वाचित 


  • लुम्बिनी चिन्तन
  • आश्विन १६, २०७८ शनिवार
  • 646
    SHARES

नेपाल तेक्वान्दो संघको चौथो महाधिवेशनबाट पुनः राणा निर्वाचित 

भैरहवा ।  नेपाल तेक्वान्दो संघको अध्यक्षमा प्रकाश शम्शेर राणा चौथो पटक पुनः निर्वाचित भएका छन् । शनिबार भैरहवामा सम्पन्न संघको चौथो महाधिवेशनबाट राणा आगामी चार वर्षका लागिसर्वसम्मत निर्वाचित भएका हुन् । 

निर्वाचित भएसँगै राणाले तेक्वान्दोको राष्ट्रिय टिमलाई प्रथामिकता दिने, तेक्वान्दो भवनमा रहेको टेनिङ सेन्टरलाई विश्व तेक्वान्दो महासंघले क्षेत्रिय प्रशिक्षण केन्द्रको मान्यता दिएकोले यसलाई तदारुकता दिने, सरकारबाट तेक्वान्दोको विकासका लागि पहल नभएकोले सहयोग समन्वय र सहकार्य गर्ने, सबै जिल्लामा संघ गठन गरेर तेक्वान्दो खेललाई थप व्यवस्थित बनाउँदै लैजाने र  नयाँ–नयाँ खेलाडी उत्पादन गर्न संघले भूमिका खेल्ने  प्रतिबद्धता जनाएका छन । 

त्यस्तै संघको उपाध्यक्षमा संञ्जीव रेग्मी, हरिश्वर पोखरेल र नन्दकुमार राई , महाचिवमा दीपराज गुरुङ, कोषाध्यक्षमा कासिम मियाँ धोबी निर्वाचित भएका छन् । यसैगरि सदस्यमा कुमार लामा घिसिङ, सम्राज्यविक्रम पाण्डे, सुमन पराजुली, नन्दा बश्याल, रवि थापा, राम गिरी, दीपेन्द्रचन्द्र ठकुरी, मदन केसी, गुरुप्रसाद गौतम, मणिराज विष्ट र कोशिषबहादुर खड्का सर्वसम्मत निर्वाचित भएको निर्वाचन कमिटि प्रमुख साबिर खानले बताए । 

महाधिवेशन उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य प्रमोदकुमार यादवले तेक्वान्दो खेलबाट नै नेपालले ओलम्पिकमा पदक ल्याउन सकिने भएकोले राष्ट्रले खेलको विकासमा ध्यान दिनु पर्ने बताए । तेक्वान्दो खेलको संरक्षण र सम्बद्र्धन गर्न आफू लागि पर्ने बताए । यसै गरी सङ्घीय सांसद इस्तियाक अहमद खान, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्ले, नेपाल ओलम्पिक कमिटीका सदस्य रमेश सिवाकोटी, राष्ट्रिय खेलकुद परिषद् कर्मचारी सङ्घका महासचिव फणीन्द्र पौडेललगायतले चौथो अधिवेशन सफलता र नयाँ पदाधिकारीको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

उद्घाटन समारोहमा इन्जिनियर सञ्जीव रेग्मी र कासिम मिया धोबीलाई ‘एनटीए प्रेसिडेन्ट’ अवार्ड प्रदान गरिएको थियो । यसै गरी अर्पण पराजुलीलाई ‘एनटीए हिरोज’, दीपेन्द्र बहादुर नेपालीलाई ‘एनटीए इन्स्ट्रक्टर’ र गोपाल राईलाई ‘मास्टर्स’ अवार्ड प्रदान गरिएको थियो । पराजुलीलाई नगद ३० हजार, राईलाई १५ हजार र नेपालीलाई १५ हजार नगद पुरस्कार पनि प्रदान गरिएको थियो । यस्तै रोसिद खान, दीपेन्द्रमान श्रेष्ठ र सञ्जय बजिमयलाई प्रसंशापत्रबाट सम्मानित गरिएको थियो ।

२०४६ सालबाट नेपाल मार्सल आर्टस संघ मार्फत लामो समय तदर्थ समिति रहेको संघले पहिलो पटक २०६६ मा महाधिवेशनबाट तेक्वान्दोलाई संगठित र संस्थागत गरेको थियो । चौथो महाधिवेशनमा देशभरबाट ५६ जिल्लाका जिल्ला तेक्वान्दो संघका अध्यक्ष तथा प्रतिनिधी, सात प्रदेशका अध्यक्ष तथा विभिन्न क्षेत्रका प्रतिनिधि, पर्यवेक्षक र अतिथीहरुको सहभागिता रहेको थियो । संघले यसअघि संघले विरगंज, झापा र बारामा महाधिवेशन सम्पन्न गरे पनि भैरहवामा चौथो महाधिवेशन गरेको हो ।  

 


लुम्बिनी चिन्तन

थप समाचार