Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

टुगाको वार्षिक साधारण सभा, दर्जन बढिलाइ सम्मान


  • लुम्बिनी चिन्तन
  • आश्विन १६, २०७८ शनिवार
  • 788
    SHARES

टुगाको वार्षिक साधारण सभा,  दर्जन बढिलाइ सम्मान

भैरहवा । टुगा आस्था बिकास साकाेस रुपन्देहीको तेस्रो साधारण सभा सम्पन्न भएको छ । ओमसतिया–१ कटैया स्थित कार्यालयले चरण चरणमा गरेकाे साधारणा सभा शनिबार समापन गरेकाे हाे । 

संस्थाको अध्यक्ष डी.बि. थापाको अध्यक्षता, लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लि. लुम्बिनी प्रदेशको अध्यक्ष कृष्ण प्रसाद नेपालको प्रमुख आतिथ्यता, नेफस्कून कार्यक्रम अधिकृत मनोज खड्का, राष्ट्रिय सहकारी बैंक लि. भैरहवा शाखा प्रमुख आलोक सिवाकोटीको आतिथ्यतामा  कार्यक्रम सम्पन्न भएकाे हाे ।

गत असोज १ गते देखि असोज १४ गतेसम्म अभौतिक विधिबाट सदस्यलाइ वार्षिक प्रतिवेदन वितरण गर्ने, लिखित सुझाव संकलन गर्ने र उपस्थिति जनाउने कार्य सम्पन्न गरि  साधारण सभाको समापन गरिएको थियो । कार्यक्रममा १० जना उत्कृष्ट बचतकर्ता, १० जना उत्कृष्ट ऋणी र २ जना उत्कृष्ट सदस्य बिस्तार सदस्यलाइ सम्मान गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालले अहिले सहकारीहरु बीच अस्वस्थ प्रतिस्पर्धाले सुशासनमा हिड्न प्रयास गरिरहेको सहकारी संस्थालाइ अपठ्यारो पारेको बताए । धेरै बोनस र यातायात भत्ताको नाममा पैसा बाड्ने प्रचलन बढेको बताउदै लाभांस मात्रै दिने सहकारी संस्थालाइ दिगो बनाउन मद्दत पुग्ने बताए । अध्यक्ष थापाले संस्थालाई राष्ट्रिय स्तरमा पहिचान गराउन र पुर्ण व्यवसायिक तथा सुशासनयुक्त भएको प्रमाण हासिल गर्न सहकारी विभाग तथा नेफ्स्कुनको सहकार्यमा संचालित कार्यक्रम प्रोबेसन ब्राण्ड यसै बर्ष हासिल गर्न सफल हुने विश्वास ब्यक्त गरे ।

असोज १ गते देखि प्रक्रिया शुरु गरेर शनिबार सम्पन्न भएको साधारण सभाको संचालन सचिव जित बहादुर रासकोटी र स्वागत तथा साधारण सभा सम्बन्धि प्रतिबेदन उपाध्यक्ष परसुराम बास्तोलाले गरेका थिए ।  कार्यक्रम संस्थाका अध्यक्ष थापाले वार्षिक प्रतिबेदन, लेखा संयोजकबाट लेखा समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए । टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक बर्ष २०७७/०७८ को आषाढ मसान्त सम्म सदस्य संख्या ५ हजार २ सय ७६ जना जसमा २ हजार ४ सय ४७ जना महिला र २ हजार ८ सय २७ जना पुरुष रहेका छन् भने २ जना सदस्य संस्थागत रहेका छन् । संस्थाको सेयर पुजी ६ करोड ८२ लाख ५ हजार, कर्जा लगानी ५२ करोड ४८ लाख २ हजार ८० र बचत ५० करोड ३९ लाख २४ हजार ६ सय २० रुपैया रहेको छ ।

संस्थाले बचत तथा ऋण बाहेक रेमिट सेवा, बिमा र मोवाईल बैंकिङ मार्फत पनि सेवा दिदै आएको छ । 


लुम्बिनी चिन्तन

थप समाचार