Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

साफ च्याम्पियनसिप फुटबलमा नेपालको विजयी सुरुवात


  • लुम्बिनी चिन्तन
  • आश्विन १६, २०७८ शनिवार
  • 888
    SHARES

साफ च्याम्पियनसिप फुटबलमा नेपालको विजयी सुरुवात

माल्दिभ्सको मालेमा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले आयोजक माल्दिभ्सलाई १–० ले हराएको हो । मनिष डाँगीले खेलको ८६ मिनेटमा नेपालबाट निर्णायक गोल गरे । 

नेपालका लागि वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका डाँगीले सानदार गोल गरे । उनले काउन्टर अट्याकमा विशाल राईले मिडफिल्ड पार गरेको आक्रमणलाई मनिषले खेरा फालेनन् । बिपक्षीको घेराबीच गोल अघि बढाउदै उनले गोल गर्न सफल भएका थिए । खेलको ६९ औं मिनेटमा नवयुगको स्थानमा मनिष डाँगी मैदान प्रवेश गरेका थिए ।

यस जितसँगै नेपालले पहिलो खेलमा महत्त्वपूर्ण ३ अङ्क जोडेको छ । माल्दिभ्सले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । नेपालले माल्दिभ्सविरुद्ध २०१८ को साफमा बेहोरेको हारको बदला समेत लिएको छ ।

ढाकामा भएको त्यस संस्करणको साफको सेमिफाइनलमा नेपाल ३–० ले पराजित भएको थियो ।  माल्दिभ्स २०१८ को साफ च्याम्पियनसमेत हो । नेपाल उक्त सिजनको साफमा माल्दिभ्ससँगै सेमिफाइनलमा पराजित भएको थियो । उक्त समय नेपालले माल्दिभ्ससँग ३-० ले पराजित भएको थियो ।

नेपालले २२ वर्षपछि माल्दिभ्सलाई हराएको हो । नेपालले पछिल्लो पटक सन् १९९९ को साग खेलकुदमा माल्दिभ्सलाई २-१ ले हराएको थियो । त्यसयता भने लगातार हार बेहोरेको नेपालले यो संस्करणमा माल्दिभ्सबिरुद्ध जीत निकालेको हो । अब नेपालले दोस्रो खेलमा श्रीलंकासँग सोमबार खेल्नेछ ।


लुम्बिनी चिन्तन

थप समाचार