Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

प्रादेशिक अस्पतालको मेसुमा ढकाललाई जिम्मेवारी


  • लुम्बिनी चिन्तन
  • आश्विन १५, २०७८ शुक्रवार
  • 390
    SHARES

प्रादेशिक अस्पतालको मेसुमा ढकाललाई जिम्मेवारी

बुटवल। रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टबाट डा राजेन्द्र खनाल हटाइएका छन्। 

बिहीबार बसेको लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टबाट डा. राजेन्द्र खनाललाई हटाएर डा. इन्द्र ढकाललाई नियुक्त गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताउनु भयाे। उहाका अनुसार डा. ढकाल निमित्त मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त भएका छन् ।

डा. खनाललाई भने कोभिड अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको संयोजक बनाईएको छ। यस्तै बैठकले लुम्बिनी प्रदेशमा कोभिड १९ महामारीको चुस्त दुरुस्त व्यवस्थापन गर्नका लागि कोभिड विशेष अस्पताल सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ।

लुम्बिनी प्रदेश सरकार मन्त्री परिषद्को बैठकले लुम्बिनी प्रदेशको राजधानी निर्माण एवं जग्गा प्राप्तीका विषयमा सरोकारवालासँग छलफल एवं सहजीकरणका लागि पर्यटन तथा शहरी विकास मन्त्रालयको सचिवकोे सयोजकत्वमा कार्यदल निर्माण गर्ने भएको छ ।

     रुकुम पूर्वको भुमे, उत्तरगंगा गाउँपालिकाको वडा थपघट, समायोजन र पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका केन्द्र परिवर्तन गर्ने सम्बन्धी प्राप्त प्रस्ताव नेपाल सरकारलाई मन्त्री परिषदको बैठकले सिफारिस गरिएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री कृष्णध्वज खड्काले जानकारी गराउनुभयो ।

     यस्तै लुम्बिनी प्रदेशको कृषि विकास सम्वन्धी रणनीतिको परिर्वत गर्ने मस्यौदा तर्जुमा गरी पेश कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्थापन मन्त्रालयलाई निर्देशन दिने, लुम्बिनी प्रदेशको शिक्षा सम्बन्धी प्रादेशिक नीतिको मस्यौदा तर्जुमा गरी पेश गर्न शिक्षा, विज्ञान, युवा खेलकुद मन्त्रालयलाई निर्देशन दिने मन्त्री परिषद्ले निर्णय गरेको सरकारका प्रवक्ता खड्काले जानकारी दिनुभएको छ ।

     यस्तै सरकारका प्रवक्ता कृष्णध्वज खड्काले पत्रकारहरुसँग बोल्दै उद्यम विकास कोष सञ्चालन नियामली (प्रथम संशोधन) २०७८ गरी यस भन्दा अगाडि १० लाख रुपैया ऋण प्रदान गर्न सकिनेमा अधिकतम २० लाख रुपैया प्रदान गर्न सकिने गरी संसोधन गरेको छ ।

     यसैगरी लुम्बिनी प्रदेशमा कानून निर्माण गर्नु पर्ने भएकाले कानून मस्यौदा समिति लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायधिवक्ताको संयोजकत्वमा संयोजकत्वमा कानून मस्यौदा कार्यदलका सदस्य नियुक्त गर्ने निर्णय गर्ने, प्रदेश मन्त्रालय र अन्तर्गतका कार्यलयको आर्थिक वर्ष २०७८/०७९ अस्थायी दरवन्दी २०७८ साल असोज मसान्तसम्मका लागि स्वीकृत गरेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार