Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

'वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको खोप लगाइ सक्छौँ '


  • लुम्बिनी चिन्तन
  • आश्विन १३, २०७८ बुधवार
  • 858
    SHARES

'वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको खोप लगाइ सक्छौँ '

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले आउँदो वैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसक्ने बताउनुभएको छ । राज्यमन्त्री श्रेष्ठले सरकारले दशैँअघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी काम गरिरहेको जानकारीसमेत दिनुभयो ।

विश्व मुटु दिवसको अवसरमा आज बुधवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले अहिले दैनिक तीन लाख जनालाई कोरोनाविरुद्धको खोप लगाउने काम गरिरहेको बताउनुभयो । वर्तमान सरकारले आफ्नो झन्डै तीन महिने कार्यकालमा एक करोड थप खोप लगाउने काम गरेको उहाँको भनाइ छ ।

राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि पनि एक करोड खोप सुनिश्चित गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘झन्डै तीन महिनाको अवधिमा एक करोड थप खोप लगाइ सकिएको जानकारी गराउन चाहन्छु । किनभने हामीले एक करोेड ७७ लाख खोप ल्याइसकेका छौँ । यो दशैँसम्म ३३ प्रतिशत नागरिकलाई खोप लगाइसक्ने जानकारी पनि गराउन चाहन्छु । अहिले दिनमा तीन लाख जनतालाई खोप लगाएका छौँ । अग्रपङ्क्तिमा खटिएकाहरूलाई खोपमा उच्च प्राथमिकता दिइएको छ । १४ वटा हिमाली जिल्लामा १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियानलाई सुरु गरिएको छ । बालबालिकाहरूका लागि पनि एक करोड खोपको सुनिश्चित गरिएको छ ।’

राज्यमन्त्री श्रेष्ठले मुटु रोग, क्यान्सरजस्ता दीर्घ रोगहरूको उपचार निःशुल्क रूपमा गर्ने गरी सरकारी अस्पतालहरूको सुधार गर्न सरकार लागिपरेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै वरिष्ठ मुटु रोग विशेषज्ञ डा। भगवान कोइरालाले मुटु रोगबाट बच्नका लागि धुम्रपान तथा प्रदूषणबाट बच्ने र नियमित शारीरिक व्यायाम गर्न सबै नागरिकलाई आह्वान गर्नुभयो । उहाँले नेपालमा मुटु रोगको भयावह अवस्था देखिएको उल्लेख गर्दै त्यसको उपचारका लागि सहज हुने व्यवस्था गर्न सरकारलाई पनि सुझाव दिनुभयो ।


लुम्बिनी चिन्तन

थप समाचार