Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

बुटवलको पहिरो नियन्त्रणका लागि विभिन्न क्षेत्रलाई जिम्मेवारी


  • लुम्बिनी चिन्तन
  • आश्विन १२, २०७८ मंगलवार
  • 494
    SHARES

बुटवलको पहिरो नियन्त्रणका लागि विभिन्न क्षेत्रलाई जिम्मेवारी

बुटवल ।  बुटवल ज्योतिनगर–लक्ष्मीनगरको चुरेबाट सिर्जित समस्यालाई हल गर्न मंगलबार सरोकारवालाको बैठक सम्पन्न भएको छ । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले पहिरो नियन्त्रणका लागि विभिन्न निकायलाई जिम्मेवारी सुम्पेको छ । वन अतिक्रमण रोक्न र पहिरो निम्त्याउने ठुला रुखको नम्बरिङ्ग गरी कटान गर्ने र उक्त स्थानमा उपयुक्त हुने बिरुवा लगाउन वन, वातावरण तथा भु–संरक्षण मान्त्रालयका सचिव डा. राजन केसी, मुलपानी र खानेपानी ढल र उक्त स्थानमा बोरिङ्गबाट पानी आउन सक्ने नसक्ने सो ब्यवस्थापन गर्न सहरी विकास तथा खानेपानी मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै राहत नपाएकालाई राहत उपलब्ध गराउन र विस्थापितलाई उचित ठाउँमा स्थानान्तरण गर्न प्रमुख जिल्ला अधिकारी र बुटवल उपमहानगरपालिका, विशेषज्ञ बोलाई सर्भे गरी फागुनभित्र काम सम्पन्न गर्न चुरे राष्ट्रपति तराइ मधेश संरक्षण रुपन्देहीका प्रमुखको नेतृत्वमा प्रदेश  सरकारका मन्त्रालयबाट प्रतिनिधिहरु र चुरे तिनाउ संरक्षण मन्चका कमल गौतमलाई बैठकले जिम्मेवारी दिएको छ ।

त्यस्तै दैनिक कार्य गर्न बुटवल उपमहानगरपालिका, सो कामको अनुगमन गर्न त्यस क्षेत्रका प्रदेश  सभासद भोजप्रसाद श्रेष्ठ, प्रदेश  सरकारका मुख्य सचिवलाई तोकिएको छ । बैठकमा  मुख्यमन्त्री केसीले पहिरो नियन्त्रणमा भए गरेका कामको जानकारी एक सातामा गराउन निर्देशन दिएका छन् । बैठकमा प्रदेश सांसद भोज प्रसाद श्रेष्ठ, मुख्य सचिव, उपप्रमुख गुमादेवी आचार्य, प्रदेश  मन्त्रालयका सचिवहरु डा. राजन केसी, आन्तरिक मामिला तथा सूचना मन्त्रालयक सचिव, भैतिक तथा योजना मन्त्रालयका सचिव, सहरी विकास तथा खानेपानीका सचिव, प्रमुख जिल्ला  अधिकारी, राष्ट्रपति चुरेका  प्रमुख, चुरे–तिनाउ संरक्षण मञ्चका कमल गौतम, लिला श्रेठ, सहदेव श्रेष्ठले  लगायतले आफ्नो भनाइ राखेका थिए ।

चुरे तिनाउ संरक्षण मञ्च र ज्योति नगर क्षेत्र विकास  परिषदले संयुक्त पत्रचार गरी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, मुख्यमन्त्री, यस क्षेत्रका प्रतिनिधिसभा सदस्य बिष्णु पौडेल, भोज प्रसाद श्रेष्ठ,  विभिन्न संघसंस्था, राजनीतिक दलहरुलाई यस क्षेत्रको समस्या अवगत गराएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार