Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

देवदहलाई फार्मा कपको उपाधि


  • लुम्बिनी चिन्तन
  • आश्विन ११, २०७८ सोमवार
  • 1.9K
    SHARES

देवदहलाई फार्मा कपको उपाधि

बुटवल । मेडिकल क्षेत्रमा कार्यरत औषधी विक्रेता तथा अस्पतालका कर्मचारीहरु बिच भातृत्व विकास गर्ने उदेश्यका साथ पहिलोपल्ट रुपन्देहीमा फुटसल प्रतियोगिता गरिएको छ ।

दि फार्मा टिमको आयोजनामा ग्रिन फिल्ड फुटसल ग्राउण्डमा शनिबार भएको प्रतियोगिताको उपाधि देवदह मेडिकल कलेजले हात पारेको छ । द फार्मा टिम भेनसलाई फाईनलमा २–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

farma cup footsul (1).jpg

उपाधिसंगै उसले नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । यसैगरि द फार्मा टिम भेनस उपविजेता बन्दै नगद १५ हजार रुपैया, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी देवदहका विबेक श्रेष्ठ, फार्माकै आर्यन घर्तिमगर उत्कृष्ट किपर, हिमचुली मेडिकलका गोबिन्द सारु मगर सर्वाधिक गोलकर्ताबाट पुरस्कृत भए ।  

एक समारोहका बिच वरिष्ठ न्युरोसर्जन डा.केआई सिहले विजेता, उपविजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार बितरण गर्दै खेलसंगै भातृत्व बिस्तार हुने बताए । प्रतियोगितामा रुपन्देहीका विभिन्न अस्पताल, फार्मा ईन्च्युटहरुसमेत गरि १४ वटा टिमहरुले प्रतिस्प्रर्धा गरेको संयोजक कंडेलले बताए । 


लुम्बिनी चिन्तन

थप समाचार