Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

६६२ मतसहित  उज्ज्वल कसजु विजयी


  • लुम्बिनी चिन्तन
  • फाल्गुण १४, २०७७ शुक्रवार
  • 978
    SHARES

६६२ मतसहित  उज्ज्वल कसजु विजयी

बुटवल । बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा उज्ज्वल कसजु ६६२  विजयी भएका छन ।
बिहीबार सम्पन्न मतगणनाकाे नतिजाबाट कसजू ६६२ मतसहित निर्वाचित भएका हुन । उनका प्रतिद्वन्द्वी हरिप्रसाद अर्यालले ४८३ मत प्राप्त गरे ।
संघको ६७ औं वार्षिक साधारणसभा तथा २४ औं अधिवेशन अन्तरगत अध्यक्ष, कोषाध्यक्ष, सचिव तथा खुल्ला तर्फको सदस्य र महिला तर्फको सदस्य पदमा मतदान भएको छ । कोषाध्यक्ष पदमा ६९२ मत सहित नविन श्रेष्ठ, सचिव पदमा ५२१ मत सहित मुक्तिप्रसाद अधिकारी निर्वाचित भएका छन ।
त्यस्तै खुल्ला तर्फको कार्यसमिति सदस्य पदमा दिनेश श्रेष्ठ ९३२, दिपकप्रसाद चापागाई ९६९, कृष्ण श्रेष्ठ ९५२, मोह्मद जमिल खान ८५७, सुमोदमान सैंजु ९३१, टिकाराम बञ्जाडे ९५०, त्रिबिक्रम श्रेष्ठ ८८६ मतसहित विजय भए भने महिला सदस्य तर्फ जमुना पौडेल ६३४ र मीना प्रधान ६११ विजयी भएको प्रमुख निर्वाचन आयुक्त बाबुराम पाण्डेले जानकारी  दिए ।
अधिवेशनबाट यसअघि नै वरिष्ठ उपाध्यक्षमा दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्षमा टंकप्रसाद गैरे, बाणिज्य उपाध्यक्षमा नरिश्वर शर्मा पौडेल, महासचिव पदमा बिमलराज भट्टराई तथा एशोसियट सदस्य पदमा आनन्दप्रसाद वझा, ४ उद्योग सदस्यमा नरेशकुमार श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, निर्मित कसजु, र संजय कलवार जयसवाल र ४ बाणिज्य सदस्य पदमा काशिराम शर्मा पौडेल, मनोज ध्वजु, प्रकाशकुमार श्रेष्ठ र प्रतिक पोखरेल निर्बिरोध निर्वाचित भैसकेका छन् ।
 संघमा १६१३ जना मतदाता भएपनि १ हजार १ सय मत खसेको थियाे  ।


लुम्बिनी चिन्तन

थप समाचार