Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

रोलिङ्ग मिल्स उद्योगी समस्यामा परेको भन्दै सिद्धार्थ उद्योेग वणिज्य संघलाई ज्ञापन


  • लुम्बिनी चिन्तन
  • आश्विन ८, २०७८ शुक्रवार
  • 1.1K
    SHARES

रोलिङ्ग मिल्स उद्योगी समस्यामा परेको भन्दै सिद्धार्थ उद्योेग वणिज्य संघलाई ज्ञापन

भैरहवा । रोलिङ्ग मिल्स सम्बद्ध उद्योगीहरु समस्यामा परेको भन्दै सिद्धार्थ उद्योेग वणिज्य संघलाई ध्यानाकर्षण गराएका छन । 

नेपाल सरकारबाट जारी प्रतिस्थापन विधेयकमा उल्लेख भएका भन्सार तथा अन्तःशुल्कसम्बन्धी प्रावधानले आफूहरुले समस्यामा परेको भन्दै उद्योगीहरुले समस्या समाधानको पहल गर्न संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेलाई ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएका हुन ।

विधेयकमा भएका प्रावधानहरुले उद्योगहरुको लागत बढ्दै जाने र उद्योगहरु समेत बन्द हुन नसक्ने अवस्था आउने भन्दै शुक्रबार संघको सचिवालयमा छलफल भएको थियो । छलफलमा सहभागि उद्योगीहरुले सरकारले ल्याएको विधेयक विभेदकारी भएकाले सच्याउनुपर्ने माग गर्दै उद्योगीहरुको समस्या समाधान गर्न पहल गर्न माग गरेका थिए । 

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष न्यौपानेले उद्योगी व्यवसायीहरुको समस्या बुझेको र यसलाई सम्बन्धित निकायमा जानकारी समेत गराइसकेकोले समाधानका लागि आफुले पहल गर्ने बताए । छलफलमा संघका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ, कर्पोरेट उपाध्यक्ष अरुण कुमार गोयनका, महासचिव विजय पाण्डे, उद्योग उपाध्यक्ष दिलिप कुमार कान्दु, वाणिज्य उपाध्यक्ष नेत्रप्रसाद आचार्य तथा उद्योगीहरुको उपस्थिति रहेको थियो ।

 


लुम्बिनी चिन्तन

थप समाचार