भैरहवा । सामाजिक क्षेत्रमा अग्रसर रहेको जेसिआई सिद्धार्थ लेडी नेपालले सप्ताह व्यापी कार्यक्रम गरी जेसिज सप्ताह २०२१ मनाउन लागेको छ ।
भैरहवामा शुक्रबार पत्रकार सम्मेलन गरी जेसिज सप्ताहबारे संस्थाले जानकारी गराएको हो । जेसिआई सिद्धार्थ नेपालसँग संयुक्त रुपमा मनाउदै आएको जेसिज सप्ताह कोभिडका कारण विगत २ वर्ष रोकिएपनि यस वर्ष रजत जयन्तीको अवसरमा एकल रुपमा मनाउन लागेको छ ।
आइतबार देखि सुरु हुने सप्ताहमा शिक्षा, स्वास्थ्य, खेलकुद, सिपमुलक कार्यक्रम तथा नेतृत्व विकास लगायतका कार्यक्रम सप्ताहब्यापी रूपमा गरिने जेसीआई सिद्धार्थ लेडी नेपालकी अध्यक्ष रिमा न्यौपानेले बताउनु भयो । सन १९७५ सालमा स्थापित सस्थाले सप्ताहलाई निरन्तरता दिदै आएको छ । महिलासँग सम्बन्धित कार्यक्रम गरेर यस वर्ष हामीले पहिलो पटक एकल रुपमा मनाउन लागेको अध्यक्ष न्यौपानेले बताउनु भयो ।

संगिता आचार्यको संयोजनमा बैदेशिक रोजगारको सम्भावना र चुनौतीहरु विषयक जनचेतनामुलक कार्यक्रम गरी सप्ताहको उद्घाटन गरिने छ । त्यस्तै प्रकृति उप्रेतीको संयोजनमा ठुठीपिपल माविमा पाठेघर तथा सुगर परिक्षण कार्यक्रम सोमबार हुनेछ । सप्ताह व्यापी कार्यक्रमको तेस्रो दिन ए फोर टे«निङ सेन्टरको प्रविधिक सहयोगमा चुरा पोते हस्तकला तालिम सिता काफ्लेको संयोजनमा संस्थाका सदस्यहरुमा सिपमुलक तालिम दिइने छ ।
चौथो दिन भैरहवा माविमा अनलाइन कक्षाका चुनौती र व्यवस्थापन विषयक विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता अम्बिका घिमिरेको संयोजनमा हुने छ । पाचौ दिन भैरहवा स्थित व्याडमिन्टन कबर्ड हलमा अन्तर संघ संस्था महिला व्याडमिन्टन प्रतियोगिता अनुपा पाण्डेको संयोजनमा हुनेछ भने छैठौं दिन संस्थाका सदस्यहरुको नेतृतव विकास तथा कार्यालय संचालन लगायतका विषयमा संसदीय ब्रठक प्रणली तालिम गिता गैरे बन्जाडेको संयोजनमा हुने छ ।
सातौ दिन शुभकामना समापन एबं पुरस्कार बितरण कार्यक्रम लक्ष्मी अधिकारीको संयोजनमा हुने जेसिज सप्ताहक निर्देशक ललिता बछार चौधरीले बताउनु भयो ।