Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरुमा सापु रोगका बिरामीहरु भेटिए

रण अम्बिका शाह आंखा अस्पतालमा १६ जनाको उपचार


  • लुम्बिनी चिन्तन
  • आश्विन ८, २०७८ शुक्रवार
  • 790
    SHARES

लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरुमा सापु रोगका बिरामीहरु भेटिए

भैरहवा ।  लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरुमा सेतो पुतलीका कारण आंखामा देखिने रोग सापु फैलिएको रण अम्किा शाह आंखा अस्पतालले जनाएको छ  ।

पाल्पा, अर्घाखांची, गुल्मी लगायतका जिल्लाहरुमा यो रोगका बिरामीहरु भेटिएको अस्पतालका मेडिकल चिफ प्रो.डाक्टर ज्ञानेन्द्र लामिछानेले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

 दिनहुं सापु रोगका विरामीहरु अस्पतालमा आउने क्रम बढेपछि यस रोगका विषयमा सचेत गराउन अस्पतालले  शुक्रबार पत्रकार सम्मेलन गरी रोगका विषयमा जानकारी गराएको हो ।  खासगरी बालबालीकामा देखिने यो रोग अस्पतालमा ९ महिना देखी ७० बर्ष उमेर समुहका बिरामीहरु उपचारका लागी आएको अस्पतालका डा. कविन्द्र बज्राचार्यले जानकारी दिए ।

collage (20).jpg

भैरहवामा बाग्लुङ्ग पाल्पा अर्घाखांची, गुल्मी लगायतका पहाडि जिल्लाहरुबाट बिरामी उपचारका लागी आएको डा.बर्जार्चायको भनाई छ ।

सेतो पुतलीका कारण आँखामा लाग्ने रोगलाई ‘सापु’ रोग भन्ने गरिएको छ । यो सेतो पुतलीको एलर्जीबाट फैलिएको हो या सेतो पुतलीमा कुनै ब्याक्टेरिया या फङ्गगस के बाट फैलिएको हो भन्ने कुरा अध्ययन भैरहेको प्रो.डा. ज्ञानेन्द्र लामिछानेको भनाई छ । अध्ययन अनुसार यो रोग भाद्र देखि मंसिर महिना सम्म फैलिने उनको भनाई छ ।

कसरी जोगिने 

यो सेतो पुतलीबाट सर्ने भएकाले सेतो पुतलीबाट टाढा रहने । सांझको समयमा बालिने बत्तीमा बढी आउने गर्नाले सांझको समयमा बत्ती निभाएर सुत्नाले यसबाट बच्न सकिन्छ । डाक्टरका अनुसार घरमा झुलको प्रयोग गर्ने,  पुतलीलाई हातले नछुने, बत्तीको नजीक नबस्ने  लगायतका सावधानी अपनाएको खण्डमा सापुबाट जोगिन सकिन्छ ।  

collage (19).jpg

डा. लामिछानेका अनुसार आंखा सम्बन्धी रोग आंखा पाक्ने आदी दुबै आखांमा देखिने भएता पनि सापु रोग एउटा आंखामा मात्र लाग्ने गरेको पाईएको छ । आफुलाई सेतो पुतलीसंग छोईएको जस्तो महसुस भएको अवस्थामा आंखामा समस्या आए चिकित्सककोेमा जाने, बिरालोको आखां टल्किए जस्तो आंखाको बीचको नानी भित्र टल्किएको पाईए तुरुन्त अस्पताल जाने गर्नु पर्दछ ।  रोग लागेको सुरुवाती अवस्थामा अस्पतालसम्म पुगन सके उपचार सहज हुने उनले बताए ।

कर्यक्रममा डा. लामिछानेले भने “सापु रोगकोे उपचार तिन प्रकारले गर्न सकिन्छ ।” जसका लागि अस्पतालले टागफोर्स गठन गरी २४ सै घण्टा सेवा उपलब्ध गराईको जानकारी गराए ।  बिरामी कुन अवस्थामा अस्पताल आईपुगेको छ त्यसको आधारमा उपचार सेवा सुरु हुने उनको भनाई छ । सामान्य , मध्यम र जटिल तिन प्रकारको प्राथमिकताका अनुसार उपचार हुने गरेको छ ।

collage (21).jpg

अस्पतालका अध्यक्ष सागर प्रताप राणाको अध्यक्षता, सुचना प्रमुख प्रतीक पाण्डेको संचालन, प्रवन्ध निर्देशक सन्तोष रायमाझीको स्वागतमा सम्पन्न भएको पत्रकार भेटघाट कार्यक्रममा चिकित्सकहरुले यस रण अबिका शाह आंखा अस्पताल भैरहवाले गत बर्ष सापु रोगबाट आंखाको ज्योती गुमेको बिरामीको पनि ज्योती फर्काएको बताए ।  रोगका कारण बिरामीको ज्योती कसरी गएको छ भन्नेमा भर पर्ने चिकत्सिकको भनाई छ । रोग का कारण आंखामा मोतिया बिन्दु भएको अवस्थामा आखांको ज्योती फर्काउन सकिन्छ । तर सापु रोगका कारण आंखाको नानी सुकेको अवस्थामा आंखा नै हटाउनु पर्ने र  यो रोग देखिएको एक दुई दिनमै उपचार गर्नु पर्ने अस्पतालका चिकित्सकहरुले सुझाए ।


लुम्बिनी चिन्तन

थप समाचार