Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

खोपको सुनिश्चितता गर्न होटल व्यवसायीको माग, अध्यक्षमा न्यौपाने


  • लुम्बिनी चिन्तन
  • आश्विन २, २०७८ शनिवार
  • 1.4K
    SHARES

खोपको सुनिश्चितता गर्न होटल व्यवसायीको माग,  अध्यक्षमा न्यौपाने

भैरहवा ।  होटल तथा पर्यटन व्यवसायलाई पुर्नस्थापना गर्न खोपको याथासिघ्र व्ययवस्था गर्नुपर्ने होटल व्यवसायीले माग गरेका छन । 
होटल तथा रष्टुरेन्ट व्यवसायी संगठन, रुपन्देहीको ८औ वार्षिक साधारण सभा तथा ५ औ अधिवेशनमा बोल्दै वक्ताहरुले लामो समय देखि कोरोना भाइरसका कारण होटल तथा पर्यटन क्षेत्र नराम्ररी प्रभावित भए पनि राज्यबाट उद्योगी व्यवसायीले खोप सेवाबाट बञ्चित हुनु परेको बताए । 

ठूला ठूला कार्यक्रम आयोजना भए पनि सहज रुपमा अझै पनि होटल संचालनको वातावरण सृजना नभई कोरोना संक्रमणको जोखिमको वावजुद होटल व्यवसायी र कर्मचारीलाई खोपको व्यवस्था गर्न राज्य नसक्नु दुखद रहेको होटल व्यसायीहरुले बताए । 

होटल व्यवसायलाई पर्यटन उद्योगको दर्जा दिने निति रहेपनि कार्यान्वयनमा कमि भएको, कोभिड प्रभावित भनेर घर भाडा छुट, करमा छुट, पुर्नकर्जा, शहुलियत कर्जा, विधुत डिमाण्ड चार्जमा छुट लगायतका निति ल्याएपनि ती सेवाबाट वास्तविक व्यवसायी नै बञ्चित रहेको उनीहरुले बताए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले सरकार र व्यवसायी सगसँगै समन्वय गरेर अगाडि बढ्न पर्ने बताए । रुपन्देहीमा होटल व्यवसायको भविष्य उज्जवल छ, निर्माणधिन गौतमबुद्ध विमानस्थल, वेथरी बेलवास सडक, बुद्ध सर्किट, भारतिय पर्यटक लगायतका पर्यटन गतिविधीले कल्पना गर्न नसक्ने गरी सम्भावना रहेको बताए । 

त्यस्तै विशिष्ट अतिथी द्वय होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपाल र होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्लेले व्यवसायीहरुका हक हितको लागि समन्वय गरी एकबद्ध भई अगाडि बढ्न आग्रह गरे । स्थानीय सरकारलाई हामीले कर तिरे पनि छुट तथा सेवा सुविधाबाट बञ्चित रहेको, सिमा क्षेत्रका होटल व्यवसायीको प्रमुख स्रोत नै भारतिय पर्यटक रहेकोले छिटो भन्दा छिटो नाकाबाट पर्यटकको आगमन सहज गराउने वातावरण सृजना गर्नु पर्ने बताए । 

collage (4).jpg

कार्यक्रममा बोल्दै अतिथीहरु पर्यटन डिभिजन कार्यालयका प्रमुख मुक्ति पाण्डे, आन्तरिक राजश्व कार्यालय भैरहवाका कर अधिकृत मंजु पोखरेल, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारयण प्रसाद भण्डारी, सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नेत्र आचार्य, होटल व्यवसायी रामप्रसाद गौतम, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसि, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष थानेश्वर पौडेल, नाटाका लुम्बिनी प्रदेश अध्यक्ष सागर अधिकारी, दिपक क्षेत्री न्यौपाने, हितराज पन्थी लगायतले पर्यटन क्षेत्रमा राहत प्याकेज घोसणा भएपनि कार्यान्वयनको अनुभूति नभएको, खोपको सुनिश्चितता नभए पनि जोखिममै सेवा दिनु परेका, बैकको व्याज छुट र पुर्नकर्जाको व्यवस्थालाई अगाडि बढाउनु पर्ने बताए ।

उनीहरुले पर्यटकीय क्षेत्रलाई प्रचार प्रसार गरेर रात्रीकालिन व्यवसायलाई अगाडि सार्नुपर्ने, आर्थिक गतिविधको मौद्रिक नितिको सुविधाके उपयोग गर्न समेत आग्रह गरे ।  साधारण सभाको अवसर पारेर संगठनले सहयोगी संस्था तथा व्यक्तितवहरुलाई सम्मान समेत गरेको थियो । २०६९ सालमा संगठित संस्थामा हाल ५ सय बढि होटल व्यवसायी आबद्ध रहेका छन । 

संगठनका अध्यक्ष गणेश प्रसाद बेलवासेको अध्यक्षता, महासचिव पिताम्बर न्यौपानेको संचालनामा भएको कार्यक्रमको स्वागत वरिष्ठ उपाध्यक्ष रामप्रसाद पोखरेलले गरेका थिए । 

अध्यक्षमा न्यौपाने

होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीको पाचौ अधिवशेनबाट अध्यक्षमा पिताम्बर न्यौपाने निर्वाचित भएका छन ।

शनिबार भैरहवामा सम्पन्न अधिवेशनले न्यौपाने सर्वसम्मतले निर्वाचित भएका हुन । त्यस्तै वरिष्ठ उपाध्यक्षमा रामप्रसाद पोखरेल, प्रथम उपाध्यक्षमा लिालधर भट्टराई, द्वितीय उपाध्यक्षमा मधु ज्ञवाली, महासचिवमा राजेश महोत्रा, कोषाध्यक्षमा नरेन्द्र खनाल, सचिवमा बालबहादुर घिमिरे र सह कोषाध्यक्षमा गुनाखर गौतम सर्वसम्मतले चयन भएका छन ।

242307600_4383886388324631_5357996982109938071_n.jpg

त्यस्तै सदस्यहरुमा कल्पना न्यौपाने, सितादेवी इरनी, हुमानाथ ढकाल, चेत नारायण अर्याल, नरेश अधिकारी, दिनबन्धु खनाल र दल बहादुर थापा चयन भएको निर्वाचन समिति संयोजक सुरेन्द्र बस्यालले जानकारी दिए । 

https://nepalnewscast.com/news/1439


लुम्बिनी चिन्तन

थप समाचार