Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सापु  रोगका बारेमा  प्रशिक्षण


  • लुम्बिनी चिन्तन
  • आश्विन २, २०७८ शनिवार
  • 1.7K
    SHARES

सापु  रोगका बारेमा  प्रशिक्षण

भैरहवा । लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरमा आँखामा लाग्ने सापु  रोगका बारेमा  प्रशिक्षण कार्यक्रम भएको छ ।

नेपाल नेत्र सहायक परिवार इकाइ लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरको आयोजनामा शुक्रबार भएको थियो । कार्यक्रममा सापु रोगका बारेमा प्रा,डा,ज्ञानेन्द्र लामिछानेले प्रस्तुतिकरण गर्नु भएको थियो ।

अस्पतालका व्यवस्थापक प्रकाश रायमाझीले सापु रोगका बारेमा अस्पतालले गरेका  कामको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा प्रा,डा,ज्ञानेन्द्र लामिछाने, प्रकाश रायमाझी,दामोदर पराजुली, बालकृष्ण पाण्डे,सुसन नकर्मी, अस्पतालका सम्पुर्ण नेत्र सहायक र अप्टोमेट्री,त्यस्तै बुटवल लायन्स  आँखा अस्पताल इकाइका नेत्र सहायक र अप्टोमेट्रीको सहभागिता थियो ।

कार्यक्रमको संचालन   नेपाल नेत्र सहायक परिवार इकाइका अध्यक्ष सुसन नकर्मीले गर्नु भएकोे थियो । कार्यक्रम सन फार्माको आर्थिक सहयोगमा होटल पौवामा भएको र कार्यक्रममा सहभागिले आ आफनो भनाइ राखेको अस्पतालका सुचना अधिकारी प्रतिक पाण्डेले जानकारी दिनुभयो ।


लुम्बिनी चिन्तन

थप समाचार