Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

चीनबाट आइपुग्यो थप ४४ लाख डोज भेरोसेल खोप


  • लुम्बिनी चिन्तन
  • आश्विन १, २०७८ शुक्रवार
  • 412
    SHARES

चीनबाट आइपुग्यो थप ४४ लाख डोज भेरोसेल खोप

चीनबाट खरिद गरिएको थप ४४ लाख डोज भेरोसेल खोप आज शुक्रवार दिउँसो काठमाण्डौ आइपुगेको छ । नेपाल वायु सेवा निगमको चार्टर्ड जहाजबाट खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो । जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ । खोप ल्याउन निगमको वाइडबडी जहाज हिजो बिहीवार राति चीन गएको थियो । एकै खेपमा यति धेरै खोप ल्याइएको यो पहिलो पटक हो ।

यसअघि एक भायलमा दुई डोज खोप मात्र हुन्थ्यो । अहिले एक भायलमा पाँच डोज खोप हुन्छ । आज आइपुगेको खोप आउँदो सोमवारदेखि वितरण गरिने मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिनुभयो । यो खोप १८ वर्षदेखि  ५० वर्षसम्मका नागरिकलाई लगाउने तयारी छ । यस्तै हिमाली जिल्लामा भने १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइनेछ ।  


लुम्बिनी चिन्तन

थप समाचार