काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारीका कारण संकटमा परेको पर्यटन व्यवसायलाई पुनः लयमा ल्याउन तथा पुनरोत्थान गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको बताएका छन् ।
सोमबार सिद्धार्थ उद्योग वाणिज्य संघको कार्ययोजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले ६७ बर्ष बढिको इतिहास बोकेको सिद्धार्थ उद्योग वाणिज्य संघको कार्ययोजना गोष्ठीबाट रुपन्देहीमा लगानीको सम्भावना बारे कार्यक्रमहरु ल्याउने तथा महासंघलाई समेत नेपाल सरकार समक्ष पहलको लागि सहयोगी हुने विचार व्यक्त गर्नु भएको थियो ।
कोभिड महामारीबाट पर्यटन क्षेत्रमा सबैभन्दा ठूलो संकट परेको र यसलाई समाधान गर्न सबै पक्षको सहकार्य जरुरी हुने बताए । पर्यटन क्षेत्र चाँडै नै लयमा फर्कने र यसका लागि पूर्वतयारी स्वरुप गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनुपर्ने धारणा राखेका छन् । ‘हामीले नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट गौतम बुद्ध विमानस्थल चाँडोभन्दा चाँडो सञ्चालनमा आउनुपर्छ भनेर सरकारसमक्ष आग्रह गरिरहेका छौं,’ ढकालले भने, ‘पर्यटन क्षेत्र अहिले सुस्त छ भनेर हात बाँधेर बस्नु हुँदैन, विमानस्थल सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा गरिनुपर्छ ।’

सिद्धार्थ उद्योग वाणिज्य, संघ, रुपन्देहीको बर्ष २०७७–२०७९ को लागि आयोजित तीन दिने कार्ययोजना तजुर्मा गोष्ठीको समुद्घाटन कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा सल्लाहकार एवं नेपाल उद्योग वाणिज्य महासंघकाम केन्द्रिय सदस्य महेन्द्रकुमार श्रेष्ठ, पुर्व अध्यक्ष एवं सल्लाहकार धु्रबकुमार श्रेष्ठ तथा पुर्व अध्यक्ष, सल्लाहकार एवं नेपाल उद्योग वणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माज्यूले यस कार्ययोजना तजुर्मा गोष्ठीबाट संघले थप नँया कार्यक्रम र नीति निर्माण गरी उद्योगी व्यवसायीको हितमा रचनात्मक हुने विश्वासका साथ कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेज्यूको अध्यक्षतामा तथा निवर्तमान अध्यक्ष कुलप्रसाद न्यौपानेज्यूको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमका अतिथि नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला–नगर उपाध्यक्ष दिनेश श्रेष्ठज्युले महासंघको संस्थापक सदस्य समेत रहेको सिद्धार्थ उद्योग वाणिज्य संघको कार्ययोजना गोष्ठीबाट प्राप्त निचोड महासंघको लागि समेत महत्वपुर्ण हुने भएको विश्वास गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

उपस्थित सबैमा धन्यवाद ज्ञापन संघका बरिष्ठ उपाध्यक्ष ठाकुरकुमारज्यूले गर्नु भएको थियो । संघका महासचिव विजय पाण्डेज्यूको संचालनमा सम्पन उक्त कार्यक्रममा महासंघले जिल्ला नगर उद्योग वाणिज्य संघको आर्थिक विकासमा महासंघको भुमिका महत्वपूर्ण हुने विचार सहित कार्यक्रमको समुद्घाटन सत्रको अन्य गर्नु भएको थियो ।
भदौ २८ देखि ३० गते सम्म काठमाण्डौको होटल सोल्टी क्राउन प्लाजामा आयोजित उक्त कार्ययोजना गोष्ठीकोमा फोकल पर्सनको रुपमा सहजिकरण बिनय महर्जनज्यूले गर्नुहुनेछ । भदौ २८ गते सम्पन्न मिटिङ्ग प्रकृया तथा नेत्तृत्व क्षमता विकास सम्बन्धि अभिमुखिकरण तालिम प्रशिक्षक मिलन गुरुङज्युले गर्नु भएको थियो ।