भैरहवा । मञ्जुश्री फाईनान्स लिमिटेडले रुपन्देहीमा एकैसाथ आईतबार चार वटा शाखाबाट कारोवार शुभारमभ गरेको छ ।
फाईनान्सले आफ्नो बाह्रौं शाखा मुर्गिया, तेह्रौ शाखा योगिकुटी चौधौ शाखा मणिग्राम तथा पन्ध्राै शाखा कार्यालय भैरहवाको बुद्धचाेकमा संचालन गरिएको भैरहवा शाखाका म्यानेजर गिता पुनले जानकारी दिनुभयो ।

मञ्जुश्री फाईनान्स लिमिटेडको सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समिति सदस्य तथा प्रमुख कार्यकारी अधिकृत संतोष निरौलाले शाखा कार्यालयको उद्घाटन गर्नुभयो । काठमाडौंको नयाँबानेश्वरमा मुख्यकार्यालय रहेको यस फाईनान्सको यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर,नेपालगञ्ज,धरान,पोखरा र विरगञ्ज मा ११ वटा शाखा रहेका छन् । अब थप ४ सहितशाखा संख्या १५ रहनेछ ।

२०७८ साल अषाढ मसान्त सम्म ९६ करोड ५३ लाख चुक्तापुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले ८.९१ अर्व निक्षेप संकलन गरि ७.९५अर्व कर्जा परिचालन गरेको छ ।
यसका साथै यस फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग, इन्टरनेट बैकिंग एटिएम सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदैआएको छ । बैंकले शुन्य ब्यालेन्समा खाता खोल्ने सुविधा प्रदान गर्नुका साथै सेवा ग्राहीलाई विना झंझट सेवा प्रदान गरिने मञ्जुश्री फाईनान्स भैरहवा शाखाका म्यानेजर गिता पुनको भनाई छ ।