Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट पेस (पूर्ण पाठ)


  • लुम्बिनी चिन्तन
  • भाद्र २५, २०७८ शुक्रवार
  • 766
    SHARES

चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट पेस (पूर्ण पाठ)

सरकारले आज प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याएको छ । चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको हो । 

बैठक तथा भ्रमण भत्ता र तालिमका लागि छुट्याएको बजेट कटौती गरी बचत भएको पाँच अर्ब रुपैयाँ कोरोना खोपका लागि छुट्याइएको अर्थ मन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो । 

साथै सरकारले क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र गम्भीर मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ । संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थ मन्त्री शर्माले यस्ता गम्भीर रोगका बिरामीलाई पाँच हजार रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा गर्नुभएको हो । 

नेकपा एमालेको अवरोधकाबीच अर्थ मन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा विनियोजन विधेयक पेस गर्नुभएको हो ।  आज बसेको प्रतिनिधि सभाको तेस्रो बैठकमा अर्थ मन्त्री शर्माले विनियोजन विधेयक पेस गर्नुभयो । अर्थ मन्त्री शर्माले संयुक्त सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रतिस्थापन विधेयक ल्याएको बताउनुभयो । 

अर्थ मन्त्री शर्माले संयुक्त सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रतिस्थापन विधेयक ल्याएको बताउनुभयो । अध्यादेशमार्फत प्रस्तुत भएको बजेटको तुलनामा १६ अर्ब ७४ करोड रूपैयाँले बजेटको आकार घटाइएको छ । यसअघि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो ।

replacement bill statement.pdf :To download file click here


लुम्बिनी चिन्तन

थप समाचार