Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

नेपालले बङ्गलादेशलाई २–१ गोलले हरायो


  • लुम्बिनी चिन्तन
  • भाद्र २५, २०७८ शुक्रवार
  • 580
    SHARES

नेपालले बङ्गलादेशलाई २–१ गोलले हरायो

काठमाण्डौ । बङ्गलादेशसँगको मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा नेपाली महिला टिम विजयी भएको छ । नेपालले बङ्गलादेशलाई दुई–एकको गोल अन्तरले हरायो । 

नेपालका लागि डेब्यु गरेका सविता राना मगर र प्रीति राईले गोल गरे । सविताले खेलको १३ औँ र प्रीतिले २३ औँ मिनेटमा गोल गरिन् ।

पहिलो हाफमा नेपाल दुई–शून्यले अघि थियो । तर खेलको दोस्रो हाफमा बङ्गलादेशले एक गोल गर्‍यो । उसका लागि खेलको ८३ औँ मिनेटमा थोउरा खातुनले गोल गरिन् । 

एएफसी महिला एसियन कप(२०२२ छनोटको तयारीका लागि नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो मैत्रीपूर्ण खेल आउँदो आइतवार हुनेछ । 


लुम्बिनी चिन्तन

थप समाचार