भैरहवा । सिद्धार्थ उद्योग वाणिज्य संघ इलेक्ट्रिक, इलेक्ट्रोनिक तथा मोबाइल बजार व्यवस्थापन उपसमितिको बैठक बुधवार सम्पन्न भएको छ ।
इलेक्ट्रिक, इलेक्ट्रोनिक तथा मोबाइल बजार व्यवस्थापन उपसमिति संयोजक तथा संघका कार्यसमिति सदस्य हरिश सेठियाको अध्यक्षतामा भएकाे बैठकले भैरहवाको मोबाइल बजारलाई व्यवस्थापन गनुपर्ने, मोबाईल तथा इलेक्ट्रिोनिक्सका वस्तुगत मेला गर्नुपर्ने, भैरहवामा गुणस्तरीय विद्युत आपुर्ति नहुँदा व्यवसायमा समस्या परेकाे लगायतका विषयमा छलफल भएकाे छ ।
छलफलको समापन गर्दै संयोजक हरिस सेठियाले छलफलका उठेका समस्याहरु समाधानका लागि संघ लागि पर्ने बताउनु भयो । समितिको बैठक तथा छलफलको सहजिकरण महासचिव बिजय पाण्डेले गर्नु भएको थियो ।