भैरहवा । निजामती सेवा दिवसको अवसरमा बेलहियामा मास्क वितरण तथा एन्टीजिन परिक्षण गरिएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनामा बढ्दो संक्रमण रोक्न र संक्रमणको पहिचान गर्न दिवसको अवसरमा नेपाल भारत सिमा बेलहियामा मास्क वितरण तथा एन्टीजिन परिक्षण गरिएको हो ।

भारतमा कोरोना भाईरसका बिरामीको परिवर्तित स्वरुप बढेसँगै नेपालमा पनि बढ्न सक्ने प्रवल सम्भावना रहेकाले सचेतनामा लागि दिवसको अवसरमा सिमा स्थलमै मास्क वितरण गरिएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले बताए । हामी आफु सुरक्षित भए अरु पनि सुरक्षित राख्न सकिन्छ, मास्कको प्रयोग नै पहिलो बच्ने उपाय भएकोले नेपाल प्रवेश गर्ने सबै नागरिकलाई मास्क वितरण गरिएको हो । हामीले सिमामा एन्टिजिन परिक्षण पनि गरिरहेका छौ यसलाई व्यापक रुपमा लैजाने तयारी रहेको प्रमुख गिरीले बताए ।
अझै पनि रुपन्देहीमा परिक्षण गर्नेको सरदरमा २० प्रतिशतमा संक्रमण प्ुष्टि भइरहेको छ, यसलाई राम्रो नतिजा भन्न मिल्दैन संक्रमणले भयावह लिने जोखिम कायम नै रहने सम्भावना छ । गिरीले भने, तर अहिले परिक्षणको संख्या घट्नुको एउटा कारण खोप पनि हो, खोप लगाए पछि संक्रमण हुदैन, कोरोनाले छुदैन भन्ने मानसिकताले पनि परिक्षणमा कमि आएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय लुम्बिनी प्रदेशका सचिव डा. विकास देवकोटाले मास्क लगायो भने संक्रमण सर्ने सम्भावना एक दम न्यून हुने र खोप लगाए संक्रमित भए पनि धेरै सिकिस्त विरामी नहुने हुदा सबैले दायित्व लिनु पर्ने बताए । यस्मा हाम्रो र राज्य दुबैको दायित्व छ सबैले आ आफ्नो दायित्व पुरा गर्नु पर्ने बताए ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारी, प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, स्वास्थ्य निदेृशनालय लुम्बिनी प्रदेशका निर्देशक डा विनोद गिरी, नेपाली सेनाका प्रमुख रामकृष्ण श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक मनोज केसी, सशस्त्र प्रहरी उपरिक्षक राजेश उप्रेती, सहायक जिल्ला अधिकारी विजयराज पौडेल, सिद्धार्थनगर नगरापलिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसी राम मरासिनी, संजीवनी कलेजका विद्यार्थीहरु लगायतले मास्क वितरण गरेका थिए । कार्यक्रमको संचालन स्वास्थ्य कार्यालय रुपन्देहीका ल्याब टेक्निशियन हुम प्रसाद खनालले गरेका थिए ।