Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

दशैंसम्म दुई करोड पाँच लाख खोप लगाइसक्ने


  • लुम्बिनी चिन्तन
  • भाद्र २१, २०७८ सोमवार
  • 946
    SHARES

दशैंसम्म दुई करोड पाँच लाख खोप लगाइसक्ने

सरकारले आउँदो दशैं सम्ममा ३३ प्रतिशत मानिसलाई कोरोना विरुद्धको खोप लगाइसक्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आउँदो दशैंसम्म ३३ प्रतिशत मानिसलाई पूर्ण खोप लगाइसक्ने योजना रहेको बताउनुभयो ।

अहिलेसम्म एक करोड ३३ लाख मात्रा खोप नेपाल आइपुगेको र दशैंसम्म त्यो संख्या दुई करोड पाँच लाख पुर्याउने उहाँले बताउनुभयो । राज्यमन्त्री श्रेष्ठले  सरकारले चीनसँग खरिद गरेको थप ४४ लाख डोज कोरोना विरुद्धको भेरोसेल खोप एक हप्तादेखि १० दिनभित्र ल्याउने पनि बताउनुभयो ।

त्यस्तै, १८ वर्षमुनिका बालबालिकालाई दिन ४० लाख डोज मोर्डना खोपको पनि टुंगो लागिसकेको र बाँकी ६० लाख डोज फाइजरको खोप ल्याउने प्रक्रिया अघि बढाइएको पनि उहाँले जानकारी दिनुभयो । 


लुम्बिनी चिन्तन

थप समाचार