बुटवल । बुटवलको राजमार्ग चौराहामा रहेको पसलमा आगलागी भएको छ । शनिबार राति चार वटा पसलमा आगलागी हुँदा करोडौंको क्षति भएको हाे।
प्रहरी तालिम केन्द्र नजिकै रहेको एक क्याप हाउसमा आगलागी भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
आगलागीबाट क्याप हाउससहित सैलुन, वर्कसप, जुत्ता पसल र एउटा ट्राभल एजेन्सीको कार्यालयमा क्षति पुगेको छ।
क्याप हाउस, सैलुन र वर्कसपमा पूर्ण रुपमा क्षती पुगेको छ भने अन्य २ मा भने आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ।
बुटवल उपमहानगरपालिकाका-२, तिलोत्तमा, सिद्धार्थनगर र सैनामैना तथा गैडहवाका १/१ गरी ५ वटा दमकलको सहयोगमा राति ११ बजे मात्रै आगो नियन्त्रणमा ल्याएको थियो।
विद्युत सर्ट हुँदा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलको प्रहरीले जनाएको छ। क्षतिको यकिन विवरण संकलन भएको छैन। तर, करोड बढीको क्षति भएको प्रहरीले अनुमान गरेको छ।