Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

लुम्बिनी प्रदेशमा कोभिडबाट मृत्युवरण गरेकाे परिवारलाई एक लाख राहत


  • लुम्बिनी चिन्तन
  • भाद्र १८, २०७८ शुक्रवार
  • 1.2K
    SHARES

लुम्बिनी प्रदेशमा कोभिडबाट मृत्युवरण गरेकाे परिवारलाई एक लाख राहत

लुम्बिनी प्रदेश सरकारले कोभिड-१९ कोरोना भाइरसबाट मृत्यु भएको परिवारलाई राहतस्वरुपकाे रकम जिल्ला प्रशासन कार्यालयमा पठाएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई उक्त राहत रकम पठाएको हो।

कोरोना भाइरसका कारण लुम्बिनीमा दुई हजार एक सय ७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश सरकारले चार सय १३ जनालाई राहत वितरणका लागि प्रतिमृतक एक लाख रुपैयाँका दरले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा रकम पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी तथा आयुर्वेद चिकित्सक डा.पुष्पराज पौडेलले जानकारी दिए। उनका अनुसार कोरोना भाइरसको पहिलो लहर फागुन मसान्तसम्म चार सय ५ जनाको मृत्यु भएको थियो भने दोस्रो लहरमा एक हजार सात सय ७१ जनाको मृत्यु भइसकेको छ।

एक हजार एक सय ५३ जना मृतकको रकम प्रदान गर्न कोभिड–१९ उपचार तथा नियन्त्रण कोषबाट निर्णय भइ सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निकासा गर्ने प्रक्रियामा रहेको सूचना अधिकारी पौडेले जानकारी दिए। अन्यको हकमा भने जिल्लाबाट लगत संकलन भइरेको प्रदेश सरकारले जनाएको छ।

कोरोना भाइरसबाट मृत्यु भएका परिवारलाई जीवीकोपार्जन गर्न सहज होस् भन्ने उद्देश्यले प्रदेश सरकारले मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ दिने निर्णय गरेको थियो। दोस्रो लहरको कोरोना भाइरसका कारण भारतीय सीमा नाकासँग जोडिएको लुम्बिनी बढी प्रभावित भएको थियो। सरकारले फितलो व्यवस्थापन गर्नु, नागरिकले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना नगर्दा कोरोना भाइरस तिव्ररुपमा फैलिएको थियो।

२०७७ वैशाख १ गतेदेखि अर्घाँखाँचीमा १२, बाँकेमा ६०, बर्दियामा २२, दाङमा ५०, गुल्मीमा १२, कपिलवस्तुमा ३१, नवलपरासी पश्चिममा ३४, पाल्पामा ३७, प्युठानमा आठ, रोल्पामा चार, रुपन्देहीमा एक सय ४३ जना कोरोना भाइरसबाट मृत्यु भएको तथ्यांक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राखेको छ। वैशाखयता थप कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। यसका लागि तथ्यांक संकलन भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पहिलो लहरमा मृत्यु भएका परिवारका लागि राहत रकम जिल्लामा आएको र सोहीअनुसार वितरण कार्य भइरहेको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जनाए। ‘सम्बन्धित स्थानीय तहको सिफारिस र हकवाला आएमा राहत रकम वितरण गरिरहेका छौं,’ उनले भने, ‘अधिकांशले लिइसक्नु भएको छ।’‘ लुम्बिनीका अन्य जिल्लामा पनि उक्त राहत रकम वितरण भइरहेको छ। 


लुम्बिनी चिन्तन

थप समाचार