भैरहवा । भैरहवाको भिम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मि आमरण अनशन बसेका छन । आफु माथि अत्याचार, अन्याय, र निरंकुशता लादिएको भन्दै द्वय अहेब सहित अस्पतालका आधा दर्जन बढि कर्मचारी अनशन बसेका हुन ।
अस्पतालको मेडिकल सुपरिडेन्टेन डाक्टर शकुन्तला गुप्ताले निरंकुशता देखाएको बताउदै उनको तत्काल सरुवा गरिनु पर्ने, अस्पतालमा कार्यरत कर्मचारी र अस्पताल बिकास तर्फका अस्थायी कर्मचारी बिच असमान तलब र कोभिडमा खटिएका कर्मचारीहरुलाई पनि स–सम्मानसहित कोभिड भत्ता भुक्तानी सहितको ३ सुत्रिय माग सहित आमरण अनशन सुरु गरेका हुन् । उनिसंगै अनशनमा अस्पतालका अहेब शशिकान्त उपाध्याय, अस्थायी कर्मचारीहरुले साथ दिएका छन् ।

भिम अस्पताल ब्यवस्थापन समितिले मंगलबार कोभिडको समयमा अस्पताललाई सहयोग पु¥याएका सय बढीलाई प्रमाण–पत्र सहित सम्मान गरेको थियो । सो सम्मानमा कोभिड महामारीको समयमा ज्यानलाई जोखिममा राखेर सेवा पु¥याएका स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई हेला गरेको भन्दै उनीहरु आक्रोशित बन्दै असन्तुष्टि जनाएका हुन ।
सम्मान कार्यक्रमकै दिन सामाजिक सञ्जाल मार्फत स्वास्थ्यकर्मीले असन्तुष्टि जनाएका पछि अस्पतालका ३ जना स्वास्थ्यकर्मिलाई मेडिकल सुपरिटेन्डेण्ट शकुन्तला गुप्ताले स्पष्टिकरण सोधेको थिईन । गुप्ताले अहेबद्वय गोपाल उपाध्याय, शशिकान्त उपाध्याय र डाक्टर सञ्जिव बाबु घर्तिलाई स्पष्टिकरण सोधेपनि अनशनरत स्वास्थ्यकर्मीले स्पष्टिकरण फिर्ता लिनु पर्ने माग राखेका छन ।
आमरण अनशनमा रहेको गोपाल उपाध्यायले कर्मचारीलाई हेपेर राख्न खोज्ने र आफ्नो केही कुरा राख्दा कर्मचारीलाई कार्यवाही गर्ने नियत रहेको बताए ।
यता मेसु गुप्ताले भने यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनिन । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले भने अस्पतालका केही कर्मचारीले मनोमानी गर्न खोजेको आरोप लगाए । अस्पतालमा अस्थायी तर्फका केही कर्मचारीले आफुखुशी अस्पताल चलाउन खोज्ने, सामाजिक सञ्जालमा जथाभावी अस्पतालको प्रतिष्ठामै आँच पुग्ने गरि आक्षेप लगाएको कारण मेसुले स्पष्टिकरण सोधको जानकारी दिए । भण्डारीले अस्पताललाई सहयोग गर्नेहरुलाई सम्मान गरेको र अबको केही दिनमा स्वास्थ्यकर्मिलाई पनि सम्मान गरिने कार्यक्रम रहेको जानकारी दिए ।

आन्दोलनकारीले सेवा प्रभावित गरेर प्रशासनको सहयोग लिने चेतावनी दिए । भिम अस्पतालको घटनालाई लिएर सिएम महासंघ र सिएमए संघ रुपन्देहीले ऐकबद्धता जनाएको छ । अस्पतालबाट विभेदपूर्ण व्यवहार भएको भन्दै तत्काल समस्या समाधन गर्न सिएमए संघका केन्द्रिय उपाध्यक्ष कपिल खनालद्वरा जारी विज्ञप्तीमा उल्लेख छ । जिल्ला संघबाट पनि चिकित्सक र स्वास्थकर्मीमाथी भएको अन्याय अत्याचारको विरुद्धमा ऐक्यबद्धता जनाउदै कर्मचारीको माग प्रति संवेदनशील हुन अनुरोध गरिएको छ । सिएमए संघ रुपन्देहीका कोषाध्यक्ष राजेश चौधरी, संरक्षक समिति संयोजक गाृविन्द उपाध्याय र जिल्ला सदस्य अनिल यादवद्वारा हस्ताक्षरित उक्त विज्ञप्तीमा घटनालाई साधारण रुपमा नलिई उचित मार्ग निकाल्न अनुरोध समेत गरिएको छ ।