Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

भीम अस्पताललाई नगद तथा स्वास्थ्य सामग्री सहयोग गर्ने संस्था तथा व्यक्ति सम्मानित

अस्पतालको विकासमा हाम्रो पूर्ण साथ रहने छ: स्थानीय


  • लुम्बिनी चिन्तन
  • भाद्र १५, २०७८ मंगलवार
  • 1.5K
    SHARES

भीम अस्पताललाई नगद तथा स्वास्थ्य सामग्री सहयोग गर्ने संस्था तथा व्यक्ति सम्मानित

भैरहवा ।  जिल्लाको सबैभन्दा पुरानो अस्पताल भीम अस्पताल विकास समिति भैरहवा, रुपन्देहीले कोरोना कहरमा आर्थिक तथा सामग्री सहयोग गरी अस्पतालको सेवा प्रवाहमा सहयोग पुरयाउने करीब तिन दर्जन संस्था तथा व्यक्तीलाई सम्मान गरेको छ ।

अस्पताललाई कोभिड–१९ को उपचार र नियन्त्रणमा सहयोग गर्ने सामाजिक व्यक्ति तथा संघ–संस्थालाई मंगलबार एक कार्यक्रमकाबीच खादा तथा सम्मानपत्रद्वारा सम्मान गरिएको अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले जानकारी दिनु भयो ।

कोरोना कहरमा अक्सिजन र वेडको चरम अभाव भएको समयमा यहांका स्थानीय संघसंस्था तथा व्यतिmले आफ्नो गास काटेर सहयोग गरेको भन्दै कृतज्ञता व्यक्त गर्नुभयो । सो अवसरमा अध्यक्ष भण्डारीले ५० बेड क्षमताको अस्पतालमा सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद १ सय जना कोरोना संक्रमित विरामीको उपचार गरिएको जानकारी दिनुभयो ।

collage (11).jpg

कोरोना महामारीको दोस्रो लहरमा नगद तथा स्वास्थ्य सामग्री÷उपकरणसहित करीब ८५ लाख बराबरको सहयोग अस्पताललाई सहयोग जुटेका बताउनु भयो । अध्यक्ष भण्डारीले कोरोनाको तेस्रो लहरलाई मध्येनजर गरी अस्पतालमा अक्सिजन प्लान्ट जडान र १० बेडको पीआईसीयू बेड निर्माण गर्न लागिएको जानकारी दिनु भयो । त्यस्तै सुविधासम्पन्न प्रसुति गृह र ५० जना अट्ने विरामी कुरुवा प्रतिक्षालय बनाउन लागिएको बताउनु भयो । ‘भीम अस्पतालमा निजी अस्पताल सरहको स्वास्थ्य उपचार सुविधा प्रदान गर्न अगाडी बढेका छौं, ’उहांले भन्नुभयो ।

व्यक्ति तथा संस्थालाई रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारी र मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ताले खादा, सम्मान पत्रले सम्मानित गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सरकारी अस्पताल आम नागरिकको आस्थाको केन्द्र बन्दै गएको बताउनु भयो । सरकार नागरिकको स्वास्थ्य उपचारबाट पछि हट्न नमिल्ने बताउदै अक्सिजन अभावका कारण नागरिकको मृत्यु नहोस् भनेर वाई एयर सिलिण्डर आपुर्ति गरेको स्मरण गनु भयो ।

विभिन्न व्यक्ति तथा संघ–संस्थाले भीम अस्पताललाई सहयोग गरेर अतुलनीय योगदान पुर्याउनुभएको प्रजिअ तामाङले बताउनु भयो । कोरोना भाइरस संक्रमण फैलिन नदिन स्वास्थ्य मापदण्डको पालना तथा अधिकतम परीक्षणको आवश्यकता रहेको उहांले बताउनु भयो । महामारीको रोकथामका लागि संयुक्त प्रयास र सहकार्य आवश्यक रहेकोमा उहांले जोड दिनुभयो ।

अस्पतालमा विरामी राख्ने ठाउं नहुंदा गल्ली र पेटीमा राखेर समेत विरामीको ज्यान बचाउन सफल भएको अस्पतालका मेडिकल सुप्रिटेण्डेन डा सकुन्तला गुप्ताले स्मण गनुभयो । अस्पतालको स्वास्थ्यसेवा विस्तार गर्न लागि परेको उहांको भनाई छ । अहिले अस्पतालमा ल्याव सुविधा, रेडियोलोजी सुविधा तथा अन्य विविध सेवा सुविधा संचालन गरिएको मेसु गुप्ताले बताउनु भयो । बांकी रहेका सेथप गर्दै जानछौं उहांको भनाई छ । अस्पताल विकास समितिका पूर्वअध्यक्ष तथा नेकपा एमाले रुपन्देहीका जिल्ला सचिवालय सदस्य हितराज पन्थीले महामारीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै चुनौतीबाट अवसरको खोजी गरिएको जनाउनु भयो ।

collage (12).jpg

साथै सम्भावनाको खोजीका लागि सहयोग गर्ने बताए । उनले चुनौतीकाबीच सम्भावना पनि खोज्नुपर्ने बताए । अस्पताल विकास समितिका पूर्वअध्यक्ष आनन्द प्रसाद गुप्ताले कोरोना महामारीको रोकथामका लागि अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको महत्वपूर्ण भूमिका रहेको बताए ।

अस्पताल विकास समितिका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेस रुपन्देहीका कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेले अस्पतालको स्तरोन्नतीमा आफ्नो पार्टी सदैव साथमा रहेको बताउनु भयो ।  नमुना एकीकृत विकास परिषद्का अध्यक्ष ज्ञानु पौड्यालले नारायण प्रसाद भण्डारीको सक्षम नेतृत्वले राम्रो काम गरेको र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्नुपर्ने बताउनु भयो् ।

भैरहवा मर्निङवाक गु्रप (बीएमजी) का अध्यक्ष ओमकार गौचनले नारायण प्रसाद भण्डारी नेतृत्वको भीम अस्पताल विकास समितिले राम्रो काम गरेको बताउनु भयो  । अस्पताल जस्ता पवित्र संस्थामा राजनीतिक नियुक्तीलाई प्राथमिकता नदिन आग्रह गर्नुभयो ।

अस्पताल विकास समितिका सदस्य संगिता रेग्मीको धन्यवाद ज्ञापन तथा अस्पतालका प्रशासकीय अधिकृत गोविन्द ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार