Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

गौतमबुद्ध विमानस्थल चेकजाँच तथा परीक्षण गर्न भारतलाई प्रस्ताव


  • लुम्बिनी चिन्तन
  • भाद्र १३, २०७८ आइतवार
  • 1.6K
    SHARES

गौतमबुद्ध विमानस्थल  चेकजाँच तथा परीक्षण गर्न भारतलाई प्रस्ताव

काठमाडौं । भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चेकजाँच तथा परीक्षण उडान गर्न भारतलाइ प्रस्ताव गरिएकाे छ । भौतिक पूर्वाधार निर्माण करिब सम्पन्न भई परीक्षणको तयारीमा रहेको विमानस्थलकाे परीक्षण उडान गर्न नेपालले ‘एयरपोर्ट अथोरिटी अफ इण्डिया’लाई प्रस्ताव गरेको हाे ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उड्डयन उपकरण तथा उडान विधिको चेकजाँच तथा परीक्षणका लागि विशेष उडान गर्नुपर्ने हुन्छ । यो उडान गर्ने जहाजमा परीक्षण गर्ने उपकरणहरु जडान गरिएका हुन्छन् । यसअघि थाइल्याण्डबाट यस्तो जहाज ल्याएर फ्लाइट क्यालिब्रेसन गर्ने तयारी थियो ।

तर, विदेशबाट विशेष वायुयान र दक्ष विज्ञ आउन सम्भव नभएपछि भारतीय निकायसँग यसका लागि प्रस्ताव गरिएको हो । भारतीय निकाय यसका लागि इन्छुक समेत देखिएको भन्दै प्राधिकरणले नेपाल सरकारको स्वीकृतिका लागि पठाइएको जनाएको छ । सरकारले स्वीकृति दिएसँगै विमानस्थलको विशेष परीक्षण हुने छ । यस्तो उडान नभएसम्म विमानस्थलमा जडित उपकरणले काम गरे–नगरेको थाहा हुँदैन । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आईसीबी वानतर्फ भौतिक संरचना निर्माण गरिएको छ ।

यो चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले गरिरहेको छ । आईसीबी टू तर्फको काम भने थाइल्याण्डको एरोथाई कम्पनीले गरेको हो


लुम्बिनी चिन्तन

थप समाचार