Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

साउन महिनामा एक खर्ब २९ अर्ब रुपैयाँ व्यापार घाटा, झन्डै सात अर्ब रुपैयाँको खाद्यान्न भित्रियो


  • लुम्बिनी चिन्तन
  • भाद्र ११, २०७८ शुक्रवार
  • 934
    SHARES

साउन महिनामा एक खर्ब २९ अर्ब रुपैयाँ व्यापार घाटा, झन्डै सात अर्ब रुपैयाँको खाद्यान्न भित्रियो

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो महिनामै नेपाललाई एक खर्ब २९ अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । भन्सार विभागका अनुसार साउन महिनामा एक खर्ब ५० अर्ब ७३ करोड रुपैयाँको वस्तु नेपाल आएको छ ।

यो गएको वर्षको साउनको तुलनामा ७५ दशमलव ६६ प्रतिशतले धेरै हो । डेढ खर्ब रुपैयाँको आयात भए पनि साउन महिनामा निर्यात भने २० अर्ब ७६ करोड रुपैयाँको मात्रै भएको छ । तर गएको वर्षको साउनको तुलनामा निर्यात एक सय १५ प्रतिशतले बढेको छ ।

साउनमा व्यापार घाटा एक खर्ब २९ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । यो गएको वर्षको साउन महिनाको भन्दा ७० दशमलव ५९ प्रतिशतले धेरै हो । साउन महिनामा नेपालमा ६ अर्ब ७० करोड रुपैयाँको खाद्यान्न मात्रै आयात भएको छ । 

यस्तै एकै महिनामा चार अर्ब ११ करोड रुपैयाँको तरकारी, तीन अर्ब २० करोड रुपैयाँको फलफूल र एक अर्ब १८ करोड रुपैयाँको चियारकफी आयात भएको छ । साउनमा तीन अर्ब १९ करोड रुपैयाँको औषधि आयात भएको छ । एकै महिनामा १० अर्ब १४ करोड रुपैयाँका गाडी, पाटपुर्जा, रेलका उपकरण र १२ अर्ब २३ करोड रुपैयाँका विद्युुतीय र मेशिनरी सामानको आयात भएको छ । 


लुम्बिनी चिन्तन

थप समाचार