भैरहवा । सिद्धार्थनगर नगरपालिका वडा नं. १, वेलहियाका ‘आधारभुत स्वास्थ्य केन्द्र’ तथा वडा नं. १०, शंकरपुरका ‘नगर स्वास्थ्य केन्द्र’ लाई बुधबार छुट्टाछुट्टै कार्यक्रमका विच एक–एक थान अक्सिजन कन्सन्ट्रेटर मेशिन निःशुल्क रुपमा हस्तान्तरण गरिएको छ ।
स्थानिय समाजसेवी सुशील गुरुङ्गको पहल र समन्वय तथा ‘हामी उठ्ने छौं’ फाउन्डेसन, काठमाडौंको सहयोगमा सो मेशिन हस्तान्तरण गरिएको हो ।
सिनपा वडा नं. १ मा अक्सिजन कन्सन्टे«टर मेशिन सो वडाका वडा अध्यक्ष रमेश मल्ल तथा सिनपा वडा नं. १० मा वडा अध्यक्ष विजयनाथ धवललाई हस्तान्तरण गरिएको पहलकर्ता सुशील गरुङ्गले जानकारी दिनुभयो ।

‘कोभिड १९’ महामारीको दोस्रो चरणमा धेरै नेपालीहरु अक्सिजन नपाएर अकाल मै मृत्युको शैयामा पुग्नु परेको यथार्थलाई अंगिगार गरि सो क्षेत्रका नेपाली दाजुभाई दिदिबहिनीहरुलाई केही भए पनि लाभान्वित होस् भनी सो कार्यक्रमको आयोजना गरिएको उहांले जनाउनु भयो ।
ह्स्तान्तरण गरिएका मेशनको मुल्य प्रति मेशिन करीव एक लाख चालिस हजार रुँपिया परेको उक्त मेशिन पाँच लिटर क्षमताको पुर्णरुपमा स्वचालित किसिमको रहेको छ । कार्यक्रममा स्थानीय समाजसेवी सुशील गुरुङ्ग, सिनपा वडा नं. १ का वडा अध्यक्ष रमेश मल्ल, सिनपा वडा नं. १० का वडा अध्यक्ष विजयनाथ धवल, ‘हामी उठ्ने छौं’ फाउन्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठ, वेलहिया गाउँ समाजका अध्यक्ष मोहनसिंह शाही, आधारभुत स्वास्थ्य केन्द्र, वेलहियाका इन्चार्ज एलिसा प्रधान, नगर स्वास्थ्य केन्द्र, शंकरपुरका इन्चार्ज अंशुका अर्याल, वडा नं. १ का जनप्रतिनिधि मिन बहादुर गुरुङ्ग, राजकिशोर अहिर, वडा नं. १० का जनप्रतिनिधि जानकी कुँवर, सुरत प्रसाद बढई, रामकेश कोइरी, स्थानिय समाजसेवी कृष्ण कुँवर, संजय चाई, गंगा कँडेल, दिनेश साहनी लगायतको उपस्थिति रहेको थियो ।