Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सोमबार मध्यरातबाट बढ्यो पेट्रोलियम पदार्थकाे मूल्य


  • लुम्बिनी चिन्तन
  • भाद्र ७, २०७८ सोमवार
  • 910
    SHARES

सोमबार मध्यरातबाट बढ्यो पेट्रोलियम पदार्थकाे मूल्य

काठमाडौं । सोमबार मध्यरातबाट लागु हुने गरी ट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको मूल्यमा  वृद्धि गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

साेमबार १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मटिटतेल प्रतिलिटर २ रुपैयाँ मूल्य फेरि बढेकाे हाे । अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल तथा मटितेल ११३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कामय भएको निगमका प्रवक्ता उपाध्यायले जानकारी दिए । एलपी ग्यास प्रति सिलिण्डर २५ रुपैयाँ बढाएर १ हजार ४५० कायम गरिएको निगमले जनाएको छ ।

निगमले हवाई इन्धनमा आन्तरिकतर्फको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएको छ । हवाई इन्धन अन्तर्राष्ट्रिय उडानमा प्रति किलोलिटर अमेरिकी डलर १६ ले वृद्धि गरी नयाँ विक्री मूल्य अमेरिकी डलर ७७० प्रति किलोलिटर कायम गरिएको छ । इण्डियन आयल कर्पेरेसनबाट प्राप्त मूल्य सूचीअनुसार निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य समायोजन गरिएको बताएको छ । गत असार ३० गते पनि निगमले मूल्य समायोजन गरेको थियो ।

 


लुम्बिनी चिन्तन

थप समाचार