भैरहवा । सशस्त्र प्रहरीले राजश्व छलीका नक्कली स्टीकर बरामद गरेको छ ।
सशस्त्र प्रहरी डण्डा विओपीबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक सहितको टोलीले सिद्धार्थनगर–३ दरखसवामा लुकाई राखेको अवस्थामा आन्तरिक राजश्व विभाग लेखिएको नक्कली स्टीकर बरामद गरेको हो ।
व्यतिको घरमा लुकाई राखेको भन्ने विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक कृष्ण प्रसाद अर्यालको कमाण्डमा खटिएको मोबाइल टोली सहिद अन्सारीको घरमा खानतलासी गर्दा ८० रोल स्टिकर प्रति रोल ३ हजार थानका दरले शुक्रबार साझ करीब ८ बजे बरामद गरिएको शसस्त्र प्रहरी वल हेड क्वाटर २७ नम्बर गण भैरहवाका प्रहुख शसस्त्र प्रहरी उपरिक्षक राजेश उप्रेतिले जानकारी दिनुभयो ।
अवैध स्टीकर सहित सिद्धार्थनगर ३ दरखस्वा बस्ने २३ वर्षिय सहिद अन्सारी, २४ वर्षिय अमानत अन्सारीलाई पनि पक्राउ गपिरएको छ । बरामद २ लाख ४० हजार थान स्टीकर मार्फत अनुमानित १० लाख आयकर, ३१ लाख ६३ हजार मुल्य अभिबृद्धिकर र १ करोड ८४ लाख अन्त शुल्क गरी कुल २ करोड ३५ लाख ६३ हजार बराबरको राजश्व छली हुने अनुमान गरिएको छ ।
नक्कली कर छलीको स्टीकरमा संलग्न व्यक्तिहरुले ढुवानीमा प्रयोग गरेको लु २ च २५० नम्बरको गाडी र स्टीकर शनिबार राजश्व अनुसन्धान कार्यालय पठाइएको सशस्त्र विओपी कार्यालय डण्डाले जानकारी दिएको छ ।,