Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सिटी हस्पिटलमा एनआइसीयु तथा पिआइसीयु सेवा सुरु


  • लुम्बिनी चिन्तन
  • श्रावण ३२, २०७८ सोमवार
  • 1.4K
    SHARES

सिटी हस्पिटलमा एनआइसीयु तथा पिआइसीयु सेवा सुरु

भैरहवा।  सिद्धार्थनगर सिटी हस्पिटलले मातृशिशु र नवजात शिशुका लागि एनआइसीयु तथा पिआइसीयु सेवा शुचारु गरेको छ । 

अत्याधुनिक भवन, उपकरण सहित १०० बेडमा संचालित हस्पिटलल आम्दा हस्पिटल वुटवल बाट लामो अनुभव प्राप्त वरिष्ट वाल रोग विशेषज्ञ डा. उदय सिहंवाट पूर्ण समय शिशु सघन स्याहार तथा उपचार कक्ष (एनआइसीयू) तथा पिआइसीयु सेवा दिने भएको हो । 

हस्पिटलले यो सेवा सुरु गरेसँगै यस क्षेत्रबाट एनआइसीयु तथा पिआइसीयु सेवा लिनका लागि  चितवन तथा काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ । अस्पतालले आफ्नै सुबिधासम्पन्न आधुनिक भवनबाट सेवा सुचारु गरेको हस्पीटलमा विरामीको सहजताकालागि अत्याधुनीक लिफ्ट, गुणस्तरिय ल्याव, अण्डर ग्राउण्ड पार्किङ सहितको व्यवस्था रहेको अस्पतालका मेडिकल डाइरेक्टर  डा. जावेद खानले बताए ।

ग्रान्डी इन्टरनेसनल हस्पिटलका अनुभव प्राप्त डा. जावेद खाँन , डा. सन्दिप कुमार , तथा  ल्याप्रोस्कोपी सर्जन डा. आसिष मल्ल , छालारोग विषेसज्ञ डा. चन्द्रमोहन शाह , जनरल फिजिसियन डा. संजय शाह, लगायतका डाक्टरहरुले यस क्षेत्रमै गुणस्तरीय सेवा प्रदान गरिरहेको हस्पीटलका अध्यक्ष तथा मृगौला रोग विशेषज्ञ डा. सुवोध कुमार पाण्डेले जानकारि दिए ।

हस्पीटलमा भेन्टीलेटर सहितको आइसीयु र भिआइपीका दुई वटा स्वीट क्याबीन सहितको इन्टरनेशनल युनीटको व्यवस्था रहेको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले जानकारी दिए। 

यस हस्पीटलमा हाडजोर्नी, मेरुदण्ड तथा पित्त थैलीको पत्थरी लेटेष्ट दुरवीनको माध्यमबाट उपचार गरिने निर्देशक अमित चतुर्वेदीले बताए। उनले सिटि हस्पीटलले यस क्षेत्रमै पहिलोपटक कपाल प्रत्यारोपण सेवा उपलब्ध गराएको जानकारी दिए। 

त्यस्तै निसन्तान दम्पतीकालागि काठमाडौँको प्रतिष्ठित इनफर्टीलीटी सेन्टरको सहायाामा आइभीएफ सेवा सञ्चालमा ल्याउन लागेको साथै साथै निकट समयमै अस्पताललाई डिजिटलाइज्ड हस्पिटलको रुपमा संचालनको तयारिमा रहेको छ ।

 


लुम्बिनी चिन्तन

थप समाचार