Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

भन्सार परिसरमा आगलागी ट्रक र सामान पूर्ण रुपले नष्ट


  • लुम्बिनी चिन्तन
  • श्रावण २९, २०७८ शुक्रवार
  • 864
    SHARES

भन्सार परिसरमा आगलागी ट्रक र सामान पूर्ण रुपले नष्ट

भैरहवा । भैरहवा भन्सार कार्यालयमा रोकिरहेको मालवाहक ट्रकमा आगलागी भएको छ । भारतबाट केमिकल बोकेर आएको यु पि १३ वि पी ९०८६ नम्बरको ट्रकमा शुक्रबार विहान ८ बजे आगालगी भएको हो ।

बिहीबार अबेर सम्म भन्सार पास हुन नसकेको उक्त ट्रक भन्सारको गेट बन्द भएपछि भन्सार पास भएको थियो । भन्सारको सबै प्रक्रिया पु¥याएर जाने पर्खाईमा गेटको मुखमै पार्किङ गरिरहेको अवस्थामा उक्त ट्रकमा एक्कासी आगलागी भएको हो । 

भारतबाट केमिकल लिएर आएको ट्रकमा के कति कारणले आगोलाग्यो भन्ने खुलेको छैन । ट्रक भित्र चालक सुतिरहेको अवस्थामा धुवा देखिएकोले सकुशल बाहिर निस्केपछि मानवीय क्षति भने हुन पाएन  । ट्रक र सामान  भने पूर्ण रुपले नष्ट भएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तिर्थराज पासवानले बताए । 

आगालगि भएको केही बेरमै सिद्धार्थनगर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय वेलहिया, स्थानीय र भन्सारको सहयोगमा आगो नियन्त्रणमा आएको हो । के कति क्षति भयो भन्ने बारे यकिन भएको छैन । आगलागीबारे अनुसन्धान भइरहेको छ । 


लुम्बिनी चिन्तन

थप समाचार