भैरहवा । रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लु जबरजस्ती करणी उद्योग गरेको आरोपमा प्रहरी नियन्त्रणमा छन ।
सम्मरीमाई गाउँपालिका वडा नम्बर १ की महिलामाथि जवरजस्ती गरेको भन्दै उजुरी परेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गाउँपालिका अध्यक्षको घरमा बोलाएर जवर जस्ती गरेको भन्दै पीडित पक्षले उजुरी दर्ता गराएको आधारमा बिहीबार जिल्ला प्रहरी कार्यालयबाट डिएसपीको टोलीले गाँउपालिका कार्यालय नजिकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिएकोे कार्यालयले जनाएको छ । शुक्ला सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष हुन् ।