भैरहवा । रुपन्देहीमा पछिल्लो एक सातामा दिनानुदिन कोरोनाका सक्रिय संक्रमितको संख्या बढ्दै गएको छ ।
गत सोमबार जिल्लामा ४ सय ८ जना सक्रिय संक्रमित रहेपनि आज यो संख्या बढेर ४ सय ५७ पुगेको छ । जिल्लामा बैशाख १६ गते निषेधाज्ञा जारी छ, संक्रमण बृद्धिद्धरम ागिरावट आएसँगै निषेधाज्ञाको मोडालिटी खुकुलो पादै अहिले सामान्य अवस्थामा नामको मात्र निषेधाज्ञा छ । जनजीवन सामान्य हुदै गएपछि जिल्लामा संक्रमणको दर विस्तारै उकालो लागिरहेको छ । छिमेकी जिल्लामा समेत तेस्रो लहरको संक्रमण देखिएसँगै निषेधात्रामा कडाई गरेपनि रुपन्देहीमा भने नाम माको निषेधाज्ञा छ । असार महिनामा कमी आएको संक्रमण दर पछिल्लो समय फेरी बढ्न थालेकाले अब कडाईका साथ निषेधाज्ञा गर्ने तयारीमा जिल्ला प्रशासन कार्यालय लागेको छ । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार हामी छिटै नै निषेधाज्ञा कडाईको तयारीमा छौ । हामीले पहिला जनचेतना र मापदण्ड पालनामा कडाइ गर्ने र नियन्त्रणमा नआए लकडाउनमा कडाई गर्छौ ।
हिजोबाटनिजी क्षेत्र र हाम्रो समन्वयमा मास्क अभियान र जनचेतनाका कार्यक्रमहरुबाट सूचना प्रवाह गरिरहेका छौ, भिडभाड हुने र सार्वजनिक ठाँउमा रेन्डम्ली एन्टिजीन परिक्षण गर्ने कामको पनि सुरुवात भएको प्रजिअ तामाङले बताए ।
‘भिडभाड र आवत जावत बढी हुने ठाउँमा एन्टिजेन परिक्षण गर्छौ। हिजो जिल्ला प्रसासनमा गर्यौ, आज मालपोतमा गर्दै छौं। तामाङले भने ‘बस, अस्पताल र सुपरमार्केटहरुमा पनि परिक्षण गर्ने तयारी गरेका छौं।’ मापदण्ड पालनामा कडाइ गर्दा पनि संक्रमणदर नघटेमा निषेधाज्ञामा कडाइ गरिने प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।
बैशाख मसान्तमा उच्च विन्दुमा पुगेको कोरोना संक्रमणदर निषेधाज्ञाका कारण जेठ पछि क्रमश दैनिक संक्रमणदर र सक्रिय संक्रमितको संख्यामा कमी आएकोृ थियोे । निषेधाज्ञा खुकुलो भएपछि अहिले फेरि संक्रमणदर बढ्न थालेको छ । अस्तालमा पनि कोरोना संक्रमणका विरामीहरु बढिरहेका छन् । रुपन्देहीका अस्प्तालमा जिल्ला भित्रका १ सय १ जना र बाहिरका १३ जना गरि १ सय १४ जना संक्रमितल उपचाररत छन् । अस्पतालका आइसियु र एचडियु पनि कोरोना संक्रमितले भरिएका छन् ।