Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

भारतसँगको दोस्रो टी–ट्वान्टी क्रिकेटमा श्रीलङ्का विजयी


  • लुम्बिनी चिन्तन
  • श्रावण १४, २०७८ बिहिवार
  • 1.2K
    SHARES

भारतसँगको दोस्रो टी–ट्वान्टी क्रिकेटमा श्रीलङ्का विजयी

घरेलु टिम श्रीलङ्काले दोस्रो टी–ट्वान्टी क्रिकेटमा भारतलाई पराजित गरेको छ । कोलम्बोमा गएराति श्रीलङ्काले भारतलाई ४ विकेटले हराएको हो।

भारतले दिएको १ सय ३३ रनको लक्ष्य श्रीलङ्काले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर भेट्टायो । श्रीलङ्काका धनञ्जय डी सिल्भाले ४०, मिनोद भानुकाले ३६ , वानिन्दु हसरङ्गाले १५ तथा चामिका करुनारत्ने १२ र अभिष्का फर्नान्डोले ११ रन बनाए । भारतका कुलदीप यादवले २ विकेट लिए भने भुवनेश्वर कुमार, चेतन शाकरिया, वरुण चक्रवर्ती र दिपक चाहरले १/१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । भारतका कप्तान शिखर धवनले सर्वाधिक ४० रन बनाए पनि जितका लागि पर्याप्त भएन । भारतका देवदूत पडिकलले २९ ऋतुराज गायकवाडले २१ र भुवनेश्वर कुमारले १३ रन बनाए ।

श्रीलङ्काका अकिला धनञ्जयले २ विकेट लिए भने दुश्मन्था चामिरा, डसुन शनका र वानिन्दु हसरङ्गाले १र१ विकेट लिए । जितसँगै श्रीलङ्काले तीन खेलको श्रृङ्खलामा १–१ को बराबरी गरेको छ । पहिलो खेलमा भारत विजयी भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार