भैरहवा । रूपन्देहीमा पछिल्लो २४ घण्टामा ३६ जना नयाँ संक्रमित थपिएका छन्। यस अवधिमा गरिएकाे ३३४ जनाको पिसीअार कोरोना परीक्षणबाट १८ महिला सहित ३६ जनामा संक्रमण पुष्टी भएकाे हाे ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबै भन्दा बढि बुटवल उपमहानगरपालिकाका १५, तिलोत्तमा नगरपालिकाका ११, देबदह नगरपालिकका ३, सैनामैना नगरपालिका, ओमसतिया गाउँपालिका र कञ्चन गाउँपालिकाका २र२ र सुद्धोधन गाउँपालिकाका १ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा गरी जिल्लामा कोरोना संक्रमणबाट कुनैपनि संक्रमितको ज्यान गएको छैन्। हालसम्म जिल्लामा ५१३ जनाको कोरोनाबाट मृत्यु भएको छ । जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ३६३ रहेको छन् भने पछिल्लो २४ घण्टामा ३६ जना संक्रमणमुक्त भएका छन् ।