Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

कृष्णबहादुर महरालाई उच्च अदालतले सफाइ दियो


  • लुम्बिनी चिन्तन
  • श्रावण १२, २०७८ मंगलवार
  • 1.1K
    SHARES

कृष्णबहादुर महरालाई उच्च अदालतले सफाइ दियो

काठमाण्डौ । यौन दुर्व्यवहारको मुद्धामा पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन । काठमाण्डौ जिल्ला अदालतले दिएको सफाइलाई उच्च अदालत पाटनले सदर गरिदिएसँगै पूर्वसभामुख महराले मुद्दामा सफाइपाएका हुन।

न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले काठमाण्डौ जिल्ला अदालतकै फैसला सदर गर्ने फैसला गरेको हो ।

पूर्वसभामुख तथा माओवादी केन्द्रका सांसद महराले सचिवालयमा काम गर्ने एक कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि उहाँले २०७६ सालको असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए । उनलाई थुनामा राखेर पनि अनुसन्धान गरिएकोमा २०७६ फागुन ५ गते काठमाण्डौ जिल्ला अदालतले सफाइ दिएको थियो । 


लुम्बिनी चिन्तन

थप समाचार