Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

सहकारीलाई खोपमा प्राथमिकता : गृहमन्त्री खाँण


  • लुम्बिनी चिन्तन
  • श्रावण ५, २०७८ मंगलवार
  • 1.6K
    SHARES

सहकारीलाई खोपमा प्राथमिकता : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खांणले बैंक तथा वित्तीय क्षेत्र जत्तिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने बताएका छन् ।

राष्ट्रिय सहकारी महासङ्घको टोलीसंग सोमबारको भेटमा उनले सरकारले अहिले सबै जनताको स्वास्थ्यलाई महत्व दिएको बताउंदै संवेदनशिलताका आधारमा खोप दिने योजना रहेको बताए  ।

राष्ट्रिय सहकारी महासङ्घको सल्लाहकार समेत रहेका गृहमन्त्री खांणले भने, “नेपालको अर्थतन्त्रमा सहकारीको महत्वलाई यस सरकारले बुझेको छ । सरकार सहकारीलाई महत्व दिएर अगाडि बढ्ने छ ।” सहकारीको विकास र विस्तारका विषयमा आवश्यक छलफल गरेर अगाडि बढ्ने उनले बताए ।

सो अवसरमा महासङ्घका अध्यक्ष मिनराज कंडेल र वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासङ्घका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले सहकारीका कर्मचारीले खोप नपाएका कारण जोखिम मोलेर सेवा दिनु परेको विषयलाई प्राथमिकता दिनुपर्ने विषयमा ध्यानाकर्षण गराएका थिए ।


लुम्बिनी चिन्तन

थप समाचार